दुलहीलाई औँठी दिन बिहेमा बोलाइयो भालु

poundgri1बिहेमा बोलाइएका पाहुनामध्ये यदि प्रमुख अतिथिको रुपमा भालु आयो भने कस्तो होला रु आखिर मानिसहरुले आफ्नो बिहेलाई विशेष बनाउनका लागि के के सम्म गर्न पछि पर्दैनन् भन्ने उदाहरण रुसमा फेला परेको छ ।

रुसको राजधानी मस्को सहरमा बस्ने नव दम्पत्ति डेनिस र नेल्याले आफ्नो विवाहलाई विशेष बनाउनका लागि भालुलाई समेत निम्तो दिए विशेष भूमिकाका साथ ।

स्वयंवरमा बेहुलाले बेहुलीलाई दिने औँठी दिनका लागि भालुलाई जिम्मा दिइएको थियो । भालुको नाम ग्रिजली थियो । भालु यति समझदार थियो की बेहुलीलाई औँठी दिनुका साथै उसले बेहुला र बेहुलीसँगै फोटो पनि खिचायो ।

ग्रिजली भालुले आफुहरुको बिहे समारोहको माहोललाई नै बदलिदिएको नवविवाहित दम्पत्तिको भनाई छ । १३५ किलो वजन र ७ फिट लामो जिउधारी भालुले बिहेमा आएका सबै पाहुना तथा बच्चाबच्चीहरुको साथमा फोटो खिचायो ।

उक्त भालु जब बिहे समारोहमा प्रवेश गर्यो तब मानिसहरुको ध्यान बेहुला बेहुलीबाट हटेर भालुतर्फ पर्यो । सुरुमा केटाकेटीहरु भालुसँग फोटो खिचाउन झुम्मिए । भालुसँग फोटो खिचाउन सबै पाहुनाको तछाडमछाड नै भयो ।

बिहेमा आउँदा उक्त भालु कालो टाइ लगाएर आएको थियो । उसले दुलहीलाई स्वयंवरको औँठी दिएसँगै एकचोटी चुम्बन पनि गर्यो ।

डेनिस र नेल्या दम्पत्तिले उक्त भालुलाई एडप्ट गरेको र आफुहरुसँगै घरमा राखेको बताइएको छ । तर कतिपयले भने उक्त बिहे नक्कली भएको र केवल फोटोशूटका लागि त्यसो गरिएको समेत आशंका गरेका छन् ।





error: Content is protected !!