अधिकांश विद्यालय निजी स्रोतमा राखिएका शिक्षकको भरमा

जाजरकोट । पंञ्च भयार मावि खगेनकोट ७ का शिक्षक टिकाराम शाहीले निजी स्रोतमा पढाउँन लागेको ६ वर्ष भन्दा वढी भईसक्यो । यो विद्यालयमा मावि तह पठाउँनका लागी दरवन्दी नै छैन् । निमावि तहमा दुई वटा दरवन्दी रहेको छ । प्रावि र निमावी तहका शिक्षकको भरमा यो विद्यालयको मावि तह सञ्चालमा ल्याईएको छ ।

विद्यार्थीहरुको अत्यधिक चाप यो विद्यालयमा रहेको छ , तर विद्यार्थी अनुपातमा शिक्षकहरु छैन्न । निजी स्रोतवाट राखिएका शिक्षकको भरमा विद्यालय सञ्चालमा छ । त्यस्तै सुर्यकिरण प्रावि खगेनकोट ५ मा पनि सरकारी दरवन्दी एउटा पनि छैन् । विद्यार्थी नियमित ३ सय भन्दा वढी आउँने गर्दछन् । तीन जना निजी स्रोत वाट राखिएका शिक्षकवाट यो विद्यालय सञ्चालनमा रहेको छ ।

खगेनकोट का ५र ६ का अभिवावकले सामुदायिक वन वाट उठेको रकम र व्यक्तिगत चन्दा वाट शिक्षकको वेर्होदै विद्यालय सञ्चालनमा ल्याईएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखावहादुर खत्रीले वताउनुभयो । त्यस्तै सरस्वती मावि सिलिङ्गीचौरमा मावि तह सञ्चालनका लागी दुई जना शिक्षक निजीमा राखेर विद्यालयको नियमित पठन पाठन सुचारु गरिएको प्रधानाध्याक मानवहादुर सिंहले जानकारी दिनुभयो ।

निजी स्रोतवाट शिक्षक नराख्ने हो भने विद्यालय कसरी सञ्चालन गर्ने , राख्ने हो भने तलवका लागी महिनै पिच्छे टाउँको दुख्छ सिंहले भन्नुभयो । विद्यार्थीको अत्यधिक चाप रहेपनि शिक्षकहरुको दरवन्दी नहुँदा पढाई समेत प्रभावित हुँने गरेको छ । निजी स्रोतवाट राखिएका शिक्षकहरु पढ्न ,परिक्षा दिन जाँदा पढाई प्रभावित हुँने गरेको निजी स्रोतवाट शिक्षकहरु राखिएका विद्यालयले गुनासो गरेका छन् । यहाँका अधिकांश मावि ,प्रावि विद्यालयहरु निजी स्रोतवाट शिक्षकहरु राखेर सञ्चालनमा छन् ।
कत्तै विद्यार्थी अनुपातमा वढी शिक्षक छन् भने कत्तै विद्यार्थीहरुको तुलनामा शिक्षक निकै कम रहेका छन् । यसले गर्दा जिल्लाको शैक्षिक अवस्था सुर्धान जिल्ला शिक्षा कार्यालयले दरवन्दी मिलान, विद्यालय मर्ज अभियान सञ्चालन गर्न थालेको जिशिअ ललितविक्रम सिंहले राससलाई वताउनुभयो । विगतमा पहँुचका आधारमा शिक्षक दरवन्दी वितरण गरिएका कारण अहिले त्यसलाई मिलाएर लिने अभ्यासमा लागेको सिंहको भनाई छ ।

दरवन्दी मिलान पछि केही विद्यालयमा दरवन्दीको माग पुर्ती हुँने जिल्ला शिक्षा कार्यालयले विश्वास लिएको छ । अहिले ३ सय भन्दा वढी शिक्षकको आवश्यक रहेको छ ।





error: Content is protected !!