राहत शिक्षकहरुको प्रथम जिल्ला सम्मेलन सम्पन्न

डोल्पा । नेपाल राष्ट्रिय राहत शिक्षकहरुको प्रथम जिल्ला सम्मेलन आज सम्पन्न भएको छ ।केन्द्रिय सह– अध्यक्ष्य बिरेन्द्र कुमार मल्लको प्रमुख आथित्यमा दुईदिन सम्म चलेको सो सम्मेलनमा अध्यक्ष्य सहित २१ सदस्यीय जिल्ला कार्यसमिती सर्वसहमत चयन गरिएको हो ।
सम्मेलनले पुर्ण केशर न्यौपानेलाई अध्यक्ष्य,शोभाकान्त पौढेललाई सह अध्यक्ष्य,लिला पहाडी,लक्ष्मी प्रसाद आचार्य,भिम बहादुर रोकाय,लक्ष्मी बोहोरा,,बालकृष्ण बोहोरालाई उपाध्यक्ष्यमा,लंक रोकायलाई सचिव,विश्व खत्री,राजकुमार लामा,पार्वती पहाडीलाई सह–सचिव,रजना पहाडी ,कालीबहादुर बस्नेत,मनलाल बुढा,पदम बहादुर रेग्मी,गोबिन्द शाही,गोबिन्द बुढालाई सदस्यको रुपमा चयन गरेको थियो साथै मिम बहादुर रोकायलाई क्षेत्रीय प्रतिनिधि र भिम थापा लाई केन्द्रिय प्रतिनिधिको रुपमा चयन गरिएको जिल्ला अध्यक्ष्य पुर्ण केशर न्यौपानेले बताउनुभयो ।यदि राहत शिक्षकहरुका जायज मागलाई संबोधन नगरिए आगामी फागनु देखि देशभरबाट सबै राहत शिक्षक आन्दोलित समेत उहाँले चेतावनि दिनुभयो ।
सम्मेलनलाई संबोधन गर्दै सह—अध्यक्ष्य मल्लले दुर्गमका राहत शिक्षकहरु साच्चिकै मर्कामा परेकाले दुर्गम भत्ता,पोसाक भत्ता तथा बिदा सञ्चितका बिषयमा नितिगत व्यबस्थागर्न केन्द्रमा पहल गरिरहेको बताउनुभयो ।
मल्लका अनुसार राहत शिक्षकहरुको संगठन कुनै पार्टीगत आस्थाबाट अलग रहेर बिशुद्ध पेसागत हकहितकोलागि लड्ने संगठन भएकाले यसलाई राजनितिक आस्थासंग नजोडि जायज मागलाई संम्बोधनगर्न सम्बन्धित निकायमा आग्रह गर्नुभयो ।
नेपालका कुनैपनि जिल्लामा राहत शिक्षकहरुबाट म्यादथपको रकम नउठाईएकोमा यहाँका शिक्षकहरुबाट उठाईएको पाईएकाले तत्काल रोक्न सम्बन्धित पक्षलाई अनुरोध समेत उहाँले गर्नुभयो ।
सम्मेलनमाक श्रेणिका दुर्गम जिल्ला डोल्पा र हुम्लामा कार्यरत राहत,पुर्णकालीन अनुदान कोटामा कार्यरत शिक्षकहरुलाई यथासक्य दुर्गम भत्ता पोसाक भत्ता उपलब्ध गराउने,शिक्षकहरुमा बिभेदको अन्त्य गर्दै समान कामको समान ज्याला व्यबस्था मिलाईयोस,राहत शिक्षकहरुको सञ्चित बिदा प्रमाणित गरिनुपर्ने,राहत शिक्षकहरुको सेवा अवधि गणनागर्दै स्थायी प्रक्रियामा आन्तरिक प्रतिस्पर्धाको आधारमा परीक्षामा सामेल गर्ने व्यबस्था गरिनुपर्ने लगायतका माग राख्दै जिल्ला शिक्षा कार्यालय,जिल्ला प्रशासन,जिल्ला विकास समिती,क्षेत्रीय शिक्षा निर्देशनालय,राहत शिक्षक केन्द्रिय समिती,जिल्लामा आवद्ध शिक्षकको पेसागत हकहितकोलागि लड्ने संघ संगठन ,जिल्ला स्थित राजनितिक दलहरु तथा सरोकारवालाहरुलाई ज्ञापन पत्र समेत बुझाएको थियो ।
सम्मेलनमा शुभकामना दिने क्रममा स्थानिय विकास अधिकारीले राहत शिक्षकहरुलाई हेपेकोजस्ता भाषा प्रयोग गरिएकाले राहत शिक्षकहरुले आपत्ति समेत व्यक्त गरेका थिए । डोल्पामा जम्मा ६२ जना र नेपालभर चालिस हजार धेरै राहत शिक्षकहरु कार्यरत रहेको केन्द्रिय समितीले जनाएको छ । सम्मेलनमा जिल्ला शिक्षा अधिकारी लगायत प्रमुख कार्यालय प्रमुखहरुको समेत उपस्थिति रहेको थियो ।रामचन्द्र न्यौपाने



