ट्रेड युनियनको निर्माण र यसका अधिकार

received_703439623152162 ट्रेड युनियनको निर्माण हुनलाई त्रिपक्षयी सहभागीहरु ।

सरकार, रोजगारदाता,श्रमिक तीन सहभागीता को बिचबाट ट्रेड युनियनको जन्म हुन्छ ।
यी तीन सहयात्रीबीच निती निर्माण र कार्यान्वयनमा सहकार्य आवश्यक पर्छ । यस्तो सहकार्य को लागी निरन्तर समाजिक सम्वाद हुनुु पर्दछ । यी तिन पक्षका काम को प्रकृति भने फरक छ ।
सरकार — राज्य संचालन र नीतीगत काम
रोजगार — आर्थिक गति विधि र पुजि लगानी
श्रमिक —आर्थिक गतिविधि र श्रम लगानी

सामाजिक उत्तरदायित्व यिनी तीन वटै सहयात्रीको हुन्छ । यसमध्ये राज्य झन बढी जिम्मेवारी छ । राज्य आफै पनि सबै भन्दा ठुलो रोजगारदाता हो । सेवा प्रदायक रोजगारदाता, निर्वाचित प्रतिनिधि मुलुक रोजगारदाता, भएको उदाहरण रोजगारदाता बन्नु पर्ने हुन्छ ।

निजि क्षेत्रका रोजगारदातालाई सहजता प्रदान गर्नु पर्ने दायित्व पनि राज्यको हुन्छ । श्रमिकलाई संरक्षण गर्ने भूमिका राज्यको हुनु नै पर्छ । त्यसैले राज्यले लोककल्याणकारी चरित्र लिनुका साथैै श्रमीकको अधिकार सुनिश्चित गर्ने सम्बबत निकायमा प्रतिधिनिधीको व्यवस्था जरुरी हुन्छ ।

ट्रेड युनियनअधिकार

भन्नाले कुनै पनि पेशामा संलग्न पेशाकर्मीले पेशामा रहुन्जेल प्रयोग गर्ने पाउने मानव अधिकार हो । संक्षेपमा भन्नु पर्दा ट्रेड युनियन भनेको श्रमिकहरुद्रारा आफ्नो हकहितको रक्षा,संवद्र्धन तथा उनिहरुको आर्थिक सामाजिक र पेशागत उन्नतीका लागी उपयुक्त वातावरण तयार गर्ने उदेश्यले गठन गर्ने स्वतन्त्र संगठन हो ।

श्रमिक भन्नले शारिरीक र मानसिक श्रम गर्ने सबै पेशाकर्मीलाई जानउछ ।पेशाकर्मीलाई स्वामित्वको हिसाबले दुई भागमा विभाजन गर्न सकिन्छ ।
१. सार्वजनिक क्षेत्र
२.निजी क्षेत्र
ट्रेड युनियन कुनै राजनितिक पार्टी जस्तो हुदैन । यो सामाजिक आन्दोलनाको मुलधारको एउटा महत्वपूर्णा अंग हो ।तर ट्रेड युनियन आन्दोलन अराजनिक चाँही हुदैन । ट्रेड युनियन आन्दोलनको संगठित इतिहास एंव १८३१ लियोन शहरको विद्रोह देखि शुरु भएको मानिन्छ ।

 ट्रेड युनियनको अधिकार भित्र निम्ना कुरा हरु पर्दछन ।

श्रमिकहरुको कार्य थलोमा पाउनु पर्ने अधिकारलाई ट्रेड युनियन अधिकार भनिन्छ । जुन निम्न छन
-मर्यादित कामको अधिकार
-यूनियन खोल्ने पाउने अधिकार
– सामुहिक सौदावाजीको अधिकार
– सामानज्यालाको अधिकार
– कामकोे निश्चित समय सम्बन्धि अधिकार
– कानुनी उपचारको अधिकार
– बालश्रम विरुद्धमा लाग्ने अधिकार
– ठेकेदारी प्रथाको अन्त्य
-ह्डतालको अधिकार आदी

अधिकारका साथै आधारभूत कुरा
१.संगठन स्वतन्त्रता — संगठन छान्न पाउने, नयाँ संगठन बनाउन पाउने,चुन्न चुनित
२.सामुदायिक सौदावाजीको अधिकार (माग पत्र— छलफल सम्झौता )
३. आन्दोलनको अधिकार
४.अनिवार्य श्रम र हतोत्साहतवाट स्वतन्त्रता ।

ट्रेड युनियनको अधिकारलाई मानव अधिकारको रुपमा हेर्न सकिन्छ

 मानव अधिकारका नैसिर्गिक अधिकार नै मानव अधिकार हुन यस भित्र संगठन हुन पाउने अधिका।लाई पनि मानवको नैसर्गिक अधिकार भित्र राखिन्छ ।
मानव अधिकारलाई प्राकृतिक अधिकार,आधारभूत अधिकार, नैसर्गिक अधिकार, अभेद अधिकार जस्ता अधिकारको अन्तरवस्तुमा नयाँ अधिकारहरु समावेश हुदै जान्छन ।
मानव अधिकारलाई फ्रेन्च विधि शास्त्रकारेल मासकले मानव अधिकारको विषयलार्ई तीन विधिमा वर्गिकरण गरेका छन ।

१.प्रथमगत पिदीका अधिकार — नागरिक तथा राजनैतिक अधिकार संग सम्बन्धीत अधिकार यस समुह अन्तर्गत पर्दछ । मानव अधिकारको विश्व व्यापी घोषण पत्र १९४८ को धारा १ देखि २१ सम्म घोषित अधिकारहरु यस मा पर्दछ ।विचार अभिव्यक्तिको स्वतन्त्रता संगठित हुने अधिकार वैयक्तिक स्वतन्त्रता फौजदारी त्याग सम्बन्धी हक जस्ता अधिकार पर्दछन ।

२.दोस्रो पिढी अधिकार —यस अन्त्र्गत आर्थिक सामाजिक एंव सास्कृतिक अधिकार पर्दछन । सामाजिक समन्ताकाो अवधारणामा दोस्रो पिढीमा अधिकारहरु आधारित छन । विश्वव्यापी घोषण ।१९४८ को घारा २२ देखि २७ सम्म यिनै अधिकार घोषित गरिएको छ । यसमा समाजिक सुरक्षाको अधिकार कामको अधिकार, आरम एव छुटीको अधिकार शिक्षाको अधिकार जस्ता अधिकारहरुलाई समावेश गरिएको छ ।

३.तेस्रो पिढीको अधिकार — यस अन्तर्गत समुहकृत अधिकार हुन । यस समुहका अधिकार भित्र आत्म निर्णयका अधिकार आर्थिक एव सामाजिक प्रगतिको अधिकार मानव जातीको साझा सम्पतिबाट फाईदा लिन पाउने अधिकार स्वास्थ्य एव सन्तुलित वातावरणको अधिकार,शान्तीको अधिकार मानवीयताको आधारमा विपतीको उद्धारमा अधिकार जस्ता अधिकार पर्दछन । यी तिनै पिढीका अधिकारका विषयमा मानव अधिकार हुन ।

मानव व्यक्तित्वको विकास र मानव सुखको प्राप्तीकोद निम्ती मानव अधिकार अत्यावश्यक कुरा हो । मर्यादित जीवनयापन गर्ने प्रत्येक व्यक्तिलाई अधिकार छ ।

मानव अधिकारका आधारभूत मान्यताहरु मध्ये नागरिक तथा राजनैतिक अधिकारका रुपमा व्यक्तिहरुको संगठित हुने हक महत्वपूर्ण विषय हो । “संगठित हुने अधिकार”अन्तर्गत संघ संगठन खोल्ने, स्वतन्त्रता भेला हुने स्वतन्त्रता ट्रेड युनियन गर्ने अधिकार,सामुहिक सौदावाजीको अधिकार हड्तालको अधिकार जस्ता विभिन्न अधिकार र स्वतन्त्रताहरु पर्दछन । श्रम शोषणको वस्तु होईन श्रमको सम्मानबाट नै औद्योगीक शान्ती तथा पुजी रश्रमको सम्बन्ध सौदाह हुन सक्तछ ।

भन्ने मान्यता का आधारमा संगठित हुन अधिकार अन्तर्गत ट्रेड युनियनको अधिकारलाई संरक्षिण गरिएको हो ।मानव अधिकारको विश्वव्यापी घोषण १९४८ ले व्यवसायिक दण्डहितको रक्ष ागर्न संगठित हुने र ट्रेड युनियन स्थापना गर्ने अधिकारलाई आधारभूत मानव अधिकारको रुपमा उद्धघोष गरेको छ ।यसै गरी मानव अधिकार सम्बन्धि विभिन्न अन्र्तराष्ट्रिय लिखितहरुले यस कुरालाई प्रत्याभूति गरेका छन ।

ट्रेड युनियनअधिकारलाई मासकका अनुसार प्रभम पिढीको मानव अधिकार अन्तर्गत संगठित हुन पाउने अधिकार भित्र संरक्षित गरिएको छ । भने नेपाल को संविधान २०७२ अनुरुप मौलीक हक अन्र्तगत धारा ३४ को उपधारा ३ मा प्रत्येक श्रमीकलाई कानुन बमोजिम ट्रेड युनियनका खोल्ने , त्यसमा सहभागी हुने तथा सामुहिक सौदावाजी गर्न पाउने हक व्यवस्था गरिएको छ ।

               लेखक भिमराज सिंह
राष्ट्रिय स्वास्थ्य कर्मी संघ, नेपाल
केन्द्रिय सदस्य तथा केन्द्रिय प्रशिक्षण बिभाग सचिब





error: Content is protected !!