उन्नतजातको वोका किसानलाई वितरण

khasi-bokaजाजरकोट । यहाँका किसानहरुलाई उन्नत वोयर जातको वोका वितरण गरिएको छ । जिल्लाका ६ गाविसका किसानहरुाई लक्षित गदै १२ वटा उन्नत जातको वोका वितरण गरिएको जिल्ला पशु सेवा कार्यालयका र्निर्मत प्रमूख कपिलप्रसाद उपाध्यायले वताउनुभयो ।

अहिले वितरण गरिएको वोका छिटो वढ्ने र उप्पादनका हिसावले निकै राम्रो भएको उहाँको भनाई छ । एक वर्षको यो वोका ६० केजी सम्मा वढ्ने गर्दछ । एक दिनमा ३ सय ग्राम सम्मा वढ्ने गरेको उहाँले जानकारी दिनुभयो । रोग संग लड्ने क्षमता पनि अत्यधिक राम्रो भएको वोका किसानहरुका लागी अत्यन्त राम्रो भएको उपाध्यायको भनाई छ । अहिले यहाँका दुरदराजमा काठे वोकावाट उत्पादन भएका पाठा,पाठीहरु कम उत्पादन हुँने भएका कारण सोचे अनुसारको प्रतिफल किसानले पाउँन सकेका छैन्न ।

स्थानीय वोकावाट प्रर्जनन क्रिया गराएका वोकाहरुको तौल जम्मा २० केजी हुँने भएकाले किसानहरु मुनाफा लिन नसक्ने उहाँको दावी छ । जिल्लाका विपन्न महिला किसानलाई मात्र यो वोयर जातको वोका वितरण गरिएको हो । पोषणमा सुधार ल्याउनका लागी पनि यो जातको वोका अत्यन्त उपभोेगी हुँने कार्यालयको ठम्याई छ ।





error: Content is protected !!