गएल शिक्षकको तलव कटाएरै विद्यालयमा पुस्तकालय स्थापना

downloadजाजरकोट । यहाँको जिल्ला शिक्षा कार्यालयले गएल शिक्षकको तलव काटेर विद्यालयमा पुस्तकायलाई खोल्ने वताएको छ ।
जिल्लाका सवै विद्यालयमा पुस्तकाय स्थापना निर्णय गरेको जिल्ला शिक्षा कार्यालयले विद्यालयमा नआएर तलव खाने शिक्षकको तलव वाट पुस्तकालय वनाउने भएको हो ।

यसको औपचारिक सुरुवात जिल्लाको भैरव आधारभुत विद्यालय भेरीमालिका १० भुरचौर वाट गरिएको छ । यहाँका शिक्षकहरु १० दिन सम्मा विद्यालय नआएका कारण शिक्षकहरुकै तलव काटेर यो विद्यालयमा पुस्तकायलाई स्थापना गर्न प्रधानाध्यापक जनकवहादुर गिरीलाई निर्देशन दिनुभयो । अवको १० दिन भित्र यो विद्यालयले गयल शिक्षकको तलव र जिल्ला शिक्षा अधिकारीले व्यक्तिगत रुपमा दिएका केही रकमवाट पुस्तकाल स्थापना हुँने छ ।

जिल्लाका सवै विद्यालयमा पुस्तकालय स्थपना गर्ने जिल्ला शिक्षा अधिकारीको योजना अनुसार नै यो विद्यायमा सुरुवात गरिएको हो । विद्यालयमा नगएर व्यक्तिगत काममा लाग्ने शिक्षकलाई यसरी नै सजाय हुँने जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले जानकारी दिनुभयो । विद्यालयमा विद्यार्थीहरु नआएमा किन आएन्न भनेर अभिवावक संग छलफल गर्न समेत उहाँले जिल्लाका सवै विद्यालयलाई निर्देशन समेत दिनुभयो ।

विद्यालयमा शिक्षकहरु आफु नआउँने अनि विद्यार्थीहरुलाई आएन्न भनेर ठग्ने गरेको जिशिअ सिंहको भनाई छ । छात्रवृती वितरण गर्दा कम्तिमा ७५ प्रतिशत विद्यालयमा आउँने विद्यार्थीलाई मात्र दिन उहाँको सुझाव रहेको छ । जिल्लाका सवै माविमा सुचना अधिकारी व्यवस्था भईसेकोले अनियमितता गर्ने जो कोहीलाई कारवाई गर्ने उहाँको भनाई छ ।





error: Content is protected !!