ढिमे, पाँचकाटीया आलु नेपालगन्ज, सुर्खेतमा विक्री

timthumbजाजरकोट  । जाजरकोटको ढिमे गाविसको वडा नं १ पाँचकाटीया , दम्दालामा उत्पादन भएका आलुले अहिले जाजरकोट सदरमुकाम संगै सुर्खेत र नेपालगन्जमा वजार लिएको छ । करिव २ सय ५० भन्दा वढी घरधुरी यहाँका स्थानियहरु मकैखेत्ती छाडेर आलुखेत्ती तर्फ लागेको ढिमेका पुर्व गाविस अध्यक्ष कर्ण वहादुर थापाले जानकारी दिनुभयो ।

मकैखेत्ती भन्दा आलुखेत्ती वाट आम्दानी वढी हुने भएपछि यहाँका स्थानियहरु आलुखेत्ती तर्फ आक्रर्षीत भएका हुन ।सामान्य आलु उत्पादन हुने स्थानियहरुको घरमा १ सय क्वीन्टल जत्ती उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय जाजरकोटले जनाएको छ । आलु विक्री गरेरै यहाँका किसानहरु आप्ना दैनिक समस्यहरु टार्नुका साथै छोराछोरीहरुलाई उच्च शिक्षा पढाउने गरेको वताएका छन ।

यहाँ उत्पादन गरीएको आलु जाजरकोट सदरमुकाम, रुकुमको चौरजहारी,सल्यानको सल्लीवजार,सुर्खेत र नेपालगन्ज सम्म पुग्ने गरेको जिल्ला कृषि विकास कार्यालय जाजरकोटले जनाएको छ । यातायातको सुविधा भएका कारण यी २ ठाँउमा उत्पादन गरिएको आलु देशमा विभिन्न ठाउँमा लिन सहज भएको जिल्ला कृषि विकास कार्यालयले वताएको छ । यो ठाउँमा वर्षायाममा वढी आलु उत्पादन हुन्छ भने हिउद याममा सुन्तोला राम्रो पाईने गरेको छ । राम्रो सिचाईको सुविधा भएको कारण यहाँका किसानहरु व्यावसायिक आलुखेत्ती तर्फ लागेका हुन ।

माओवादीले सञ्चालन गरेको यूद्धको वेला पहिलो निसानामा यही पाँचकाटिय परेको थियो भने अहिले आलु उत्पादनले चर्चा यहि पाँचकाटियकै रहेको छ ।





error: Content is protected !!