प्रमूखलाई व्यवहार परिवर्तन प्रशिक्षण

imagesजाजरकोट । यहाँका दश गाविसका स्वास्थ्य संस्थाका ईन्चार्जलाई पोषण तथा खाद्य सुरक्षा व्यवहार परिवर्तन तालिम दिईएको छ ।

तीन दिन सम्मा दिईएको सो तालिममा व्यवहार परिवर्तन र व्यवहार परिवर्तन गर्नका लागी आवश्यक सिप सहितको प्रशिक्षण दिईएको स्वास्थ्य कार्यालयका फोकल व्यक्ति सुसिल शाहीले जानकारी दिनुभयो । तालिम लिएर जिल्लाका १० गाविसका महिला स्वायम सेविका र आमा समुह वीचमा अन्तरक्रिया सहितका विभिन्न कार्यक्रम गरिने शाहीले वताउनुभयो । हामी संग प्रयाप्त मात्रामा खानेकुरा भएपनि आवश्यक सिप र ज्ञानको अभावमा समस्य भएकोले सो समस्यलाई हल गर्न आमा समुह,महिला स्वंयम सेविका लाई प्रशिक्षण दिन लागेको शाहीको भनाई छ ।

जिल्लाका खलंगा,ढिमे,डाडागाउँ,पुन्मा,जगतीपुर,कार्कीगाउँ,झार्पा,जुगाथापाचौर,साल्म र सिमा गाविसका महिला स्वंयम सेविका,आमा समुहले एक दिने खाद्य प्रर्दशनीमा भाग लिने छन् । प्रर्दशनीमा भाग लिएपछि खाना वनाउने गरिका ज्ञान हार्सिल हुँने अपेक्षा गरिएको छ । गाविस स्तरिय पोषन तथा खाद्य सुरक्षा समन्वय समिति सक्रियता वढाउने लक्ष्य लिईएको छ ।





error: Content is protected !!