नियूक्ति नदिएरै काम र तलव

35f15776ca6ddc08402cfb57d7fbfe9cजाजरकोट।  यहाँको स्वास्थ्य कार्यालयले न्यूक्ति नदिएरै एम्वुलेन्स चालकलाई तलव दिने र काम गराउने गरेको तथ्य सार्वजानिक भएको छ ।

एम्वुलेन्स चालक राकेश शाहले पटक ,पटक नियूक्ती माग्दा स्वास्थ्य कार्यालयले नियूक्ती दिएको छैन् तर काम निरन्तर गराउने र तलव पनि नियमित दिने गरेको पाईएको छ । चालक राकेशले न्यूक्ति माग्दा निर्मित स्वास्थ्य प्रमूख चाँदनी जैसवालले तपाईको विषयमा विचार गर्नुपर्ने भएको छ भनी जवाफ दिने गर्नुभएको छ भने सावन देखी यता विना न्यूक्ति उहाँले काम गदै तलव लिदै गर्नुभएको छ ।

वुधवार ढाडमा समस्य आएका एक विरामीलाई स्वास्थ्य कार्यालयवाट नेपालगन्ज लिनुपर्ने अवस्था आएपछि राकेशले पुर्ण न्यूक्ति मागेका थिए,तर प्रमूख जैसवालले राकेशलाई न्यूक्ती नदिएपछि एम्वुलेन्स मा विरामी लिने काम रोकियो । विरामीका आफन्तले तुरुन्त निजी सनराईजको जीप वोलाएर विरामी नेपालगन्ज लिएका छन् ।

न्युक्ति नपाएका मानिसलाई नियमित काम लगाउने अनि लेखावाट पैसा पनि दिने काम सावन देखी अहिले सम्मा हुँदै आएको छ । विरामी वोक्ने एम्वुलेन्स समेत यसरी राजनीति गरिदा दैनिक विरामी हैरान भएका छन् ।





error: Content is protected !!