विवाह भोज खाँदा ज्यान गयो

imagesजाजरकोट । भेरीमालिका ७ का ५२ वर्षिय दलवहादुर थापाको विवाह भोज खाएपछि मृत्यू भएको छ । ७ गते दिउँसो स्थानीय वीरवहादुर विकको घरमा भोज खाएर सुतेको अवस्थामा मृत्यू भएको हो ।

भोजमा एक गिलास घरेलु मधिरा समेत खाएको उहाँका आफन्तले वताएका छन् । मृतक थापा प्रति नेकपा माओवादी केनद्र भेरी मालिका नगरपालिका ७ नं वडा ले एक विज्ञप्ति निकालेर दुख व्यक्त गरेको छ ।

केन्द्रका ईन्चार्ज रत्ने कामी र संयोजक नरेश शाहीले निकालेको विज्ञप्तिमा भनिएको छ २०५७ सालमा वडा प्रमूख भएका थापा अहिले जिल्ला कमिटीका सदस्या हुनुहुन्थ्यो । उहाँको मृत्यूले पाटीलाई अतलनिय क्षेति भएको वताएको छ ।





error: Content is protected !!