कञ्चन शर्माको पक्षमा करिश्माको भावुक स्ट्याट्स

काठमाडौं । केही दिन अघि विविसी नेपाली सेवाका पूर्व पत्रकार सुमन खरेलले कान्तिपुर टेलिभिजनमा कन्चन शर्मा नामक महिलाको अन्तर्वार्ता प्रसारण गरेपछि यो विषयले उनलाई विवादमा तानेको छ ।
कन्चनको पृष्ठभूमि अध्यन नगरी उनको अन्तर्वार्ता लिएको भन्दै उनका पूर्वपति मिडियामा आएपछि सुमनको ब्यापक आलोचना भएको हो ।
सञ्चार माध्यममा कन्चन शर्माको स्वभाव सामान्य नरहेको र उनी जड्याहा र दुर्ब्यसनी रहेको पुष्टीहुने थुप्रै प्रमाण बाहिर आइसकेका छन् । शुरुमा उनको अन्तर्वार्ता हेरे साहनुभुती ब्यक्त गर्नेहरुले यतिबेला उनका पतिप्रति सहाहनुभूति ब्यक्त गरिरहेका छन् ।
उनले अमेरिकामा हिलारी क्लिन्टनको पराजय र कन्चनप्रति नेपाली समाजको धारणा नकारात्मक हुनु एउटै कारण भएको तर्क समेत गरेकी छिन् । फेसबुकमा करिश्माले लेखेकी छिन्, “हामीले जतिसुकै महिलाको हक अधिकारको र महिला सशक्तिकरणको कुरा उठाएपनि अझ पनि यो पुरुष सत्तात्मक समाज नै हो । विकसित देशमा पनि त्यहि देखिन्छ, हिलारी क्लिन्टनको पराजय त्यसको उदाहरण हो ।”
कन्चनका पतिप्रति औंला उठाउँदै करिश्माले भनेकी छिन्, “यस्तो अवस्थामा सायद भावनात्मक रुपमा साथ दिएको भए, माया दिएको भए, आज यो स्थितीमा हुँदैन थिइन् । परिवार र आफन्तले नै दुत्कारेपछि सायद उनी डिप्रेसनमा गइन् होला ।”
कन्चनलाई वेवास्ता गरिएको भन्दै उनले लेखेकी छिन्, “घरमा पालेको जनावर लाई त हामी एतिकै छोडन सक्दैनौ .आनि कम्से कम परिवार का कसै ले त केही कोसिस गर्नु पर्थ्यो होला जस्तो लाग्छ ..”



