पोल नपाँउदा वत्तीमुनीको अध्यारो

timthumbजाजरकोट। विजुली वाल्ने सपना वोकेर वसेका यहाँको एक दुर्गम गाउँका स्थानीयको आशा सपनामै वितेको छ । वषौदेखी जिल्लाको खगेनकोट गाविस वडा नं ५ र ६ का ३ सय वढी घरधुरी विद्युतका पोल नपाँउदा अन्धकारमा वस्न वाध्य भएका छन् ।

गाउँ नजिकै खमाउरे खोला वाट निक्लिएको १५ किलोवाट विद्युत खेर गएको भएपनि पोल किन्नका लागी आर्थिक नहुँदा वत्ती मुनीको अध्यारोमा वस्न वाध्य भएको खगेनकोट ६ का नारायण खत्रीले वताउनुभयो । अधिकांश दलितहरुको वसोवास रहेको यी दुई वटामा रकम अभावमै विद्युत वाल्न नपाएका हुँन् । टोपवहादुर रायमाझी उर्जा मन्त्री हुँदा पोलको माग गर्न सिंहदरवार पुगेका यहाँका स्थानीयलाई काम हुन्छ भनी आश्वस्त पारिएको थियो ।

जिल्ला विकास समितिलाई यहाँका स्थानीयले पटक ,पटक पोलको माग गरेपनि कसैले कुरा नसुन्दा विजुली वाल्ने धोका सपनामै सिमित भएको अर्का स्थानीय वीरवहादुर खत्रीले वताउनुभयो । टाँन्समिटर र विद्युतको तार , पोल गरी करिव ३२ लाख सम्म लाग्ने भएपछि स्थानीयहरु हैरान भएका हुँन् । सवैले हुन्छ भन्छन् ,तर काम कसैले गदैन्न हामी हुक्क भईसक्यौ हल्चौरका रामप्रसाद खत्रीले वताउनुभयो । गावसका अन्य वडाहरुमा विजुली वलेर झिलिमिली भएपनि हल्चौर गाउँ भने अनधकार नै रहेको छ ।

पशुपालन गरेर दैनिक गुजरा सञ्चालन गर्ने यहाँका स्थानीयहरु आर्थिक अवस्था निकै कम्जोर छ । पञ्चयत कालमा हल्चौरमा अड्डा भएपनि वहुदलमा यहाँका सवैकार्यालहरु दल्ली सरिएपछि पहिलो झट्का हल्चौर वासीलाई लागेको पुर्व गाविस अध्यक्ष हिरालाल खत्रीले वताउनुभयो ।

कमाइृ गर्न भारत जाँने यहाँका अधिकांश दलितहरु कहाँवाट रकम जुटाएर विजुली वाल्ने ईच्छा पुरा होला । जुम्लावाट आएका न्यौपानेहरुले १८८८मा मष्ट देवता संग सोधनी भई हल्चौरको माटो उत्कृष्ट छ भनेपनि यस ठाउँमा न्यौपानेहरु वसेका थिए । समय वित्दै जाँदा सक्लाको लैखमवाट खत्रीकी छोरी न्यौपानेले विवाह गरेपछि खत्री भएका यहाँका हालका खत्रीहरु ईतिहासका रुपमा रहेका छन् ।

थोरै खत्री धेरै दलित वस्ने यस ठाउँमा राज्यको नजर पुगेमा सल्लीको दियालोवाट वाल्ने पुरानो वाध्यता वाट मुक्ति पाउने आशा लिईएको छ ।





error: Content is protected !!