ओझेलमा भुमेश्वर गुफा

2
               फाईल : तस्विर

जाजरकोट । जिल्लाको जगतीपुरमा रहेको एक गुफा ओझेलमा परेको छ । आवश्यक प्रचारप्रसारको अभावमा जगतीपुर गाविस वडा नं २ मा रहेको भुमेश्वर गुफा ओझेलमा परेको स्थानियले वताएका छन् ।

गुफा संरक्षणका लागी गाविस ,जिविस पुरातत्वविभाग विभाग लगाएतले कुनै सहयोग नगर्दा प्रचार प्रसार , मर्मत गर्न नसकेको स्थानिय लोकेन्द्र आर सी ले जानकारी दिए । गुफाको लम्वाई ४० मिटर जती रहेको छ । प्राचिन गुफा भित्र चरा मुसा, सर्प,कैलास प्रर्वत ,मयूर , गणेस, गाईको थुन रहेका छन् । प्राचीन आकृती भएको पानी सहितको तीन कुण्ड भएको यो गुफा मनमोहक रहेको छ । यो गुफामा अहिले सन्तहरु वस्ने गरेका छन् ।

भेरी नदिको किनारमा रहेको यो गुफा संरक्षणको प्रखाईमा रहेको छ । जिल्लाका विभिन्न ठाउँमा दर्जन वढी गुफाहरु भएपनि आवश्यक प्रचार प्रसारको अभावमा ओझेलमा पदै आएका छन् ।





error: Content is protected !!