स्काई प्रो नछोड्दा सेवाग्रही मर्कामा

skypro-ntc_sciencedialogjpgजाजरकोट । जाजरकोटको पुर्वी क्षेत्रमा रहेका १५ गाविसका स्थानियहरु ईन्टरनेट नहुँदा मर्कामा परेका छन् । नेपाल टेलिकमको स्काई प्रो प्राविधिको ईन्टरनेट सेवा वन्द गर्दा यहाँका स्थानियहरु मर्कामा परेका हुन् ।

यहाँका करिव ३ सय भन्दा वढी विद्यालयहरु, दर्जन वढी मनिटान्सफर आईएमई , संञ्चारकर्मीहरु लगाएत लाई ईन्टरनेटको अभावमा समस्या भएको हो । नेपाल टेलिकमले जिल्लाका सवै ठाउँमा यो प्राविधि जडान गरेपनि सञ्चालनमा नल्याउदा सेवाग्राहीहरु मर्कामा परेको हुन् ।

ईन्टरनेट नहुँदा सामान्य कामको लागी पनि सदरमुकाम आएर हजारै खर्च गर्नु पर्ने त्रिभुवन उच्च मावि खगेनकोटका प्रचार्य नारायण वहादुर सिंहले वताए । यो क्षेत्रमा स्काई प्राविधिको फोन सेवा मात्र सञ्चालनमा रहेको छ ।





error: Content is protected !!