तोरी वाट तेल निकाल्न दुई दिन हिड्नु पर्ने वाध्यता

mini-dal-millजाजरकोट । यहाँका वारेकोट क्षेत्रका तीन वटा गाविसमा तोरी वाट तेल निकाल्ने मिल नहुदा दुई दिन खर्चीनु परेको छ । जिल्लाका अत्ति दुर्गम रोकायगाउँ,नायकवाडा र रामीडाँडा लगाएतका गाविसका स्थानियलाई तोरीवाट तेल निकाल्न लागी दुई दिन हिड्नु पर्ने वाध्यता परेको हो ।

यहाँका उच्च भागमा तोरी कम उत्पादन हुने भएपनि थोरै उत्पादन भएको तोरीवाट तेल निकाल्न पनि तीन गाविस हिडेर सक्ला गाविसको सेपुखोलामा आउनु पर्ने हुदा दुख धेरै हुने गरेको नायकवाडा – ७ का कृष्ण वहादुर शाहीले जानकारी दिए । चिसो र सिचाई सुविधा नभएका कारण यहाँका तीन गाविसमा तोरी उत्पादन कम हुने गर्दछ । थोरै उत्पादीत तोरीवाट तेल निकाल्न नजिक मिल नभएका कारण दुई दिन हिड्नु वाध्यता भएको हो ।

वारेकोटमा वाहिर वाट तयार पारी पसलमा ल्याईएका पोकेतेल महगो र गुर्णस्तर नभएका कारण यहाँका मानिसहरु प्रयोग नगर्ने गरेको स्थानियहरु वताउछन । वारेकोट क्षेत्र जुम्लाको सिमाना संग जोडिएका कारण अत्यन्तै विकट हुनुका साथै विकास हुन सकेको छैन ।





error: Content is protected !!