गाउँनै शुन्य पारेर बेसि झर्दै उपल्लो डोल्पालीहरु

dolpa1 त्रिपुराकोट डोल्पा  । मंसिर महिना सुरुभए संगै डोल्पाको उत्तरी भेगमा अत्याधिक चिसोे बड्न थालेपछि उपल्लो डोल्पालीहरु गाँउनै शुन्य पारेर बेसि झर्न थालेकाछन् ।

माथिल्लो डोल्पामा पर्ने छार्का,तिन्जे,मुकोट,साल्दाङ,भिजेर,फोक्सुन्धो लगाएतका दर्जनौ गा बि स हरुमा कार्तिक दोस्रो साता देखिनै उच्च हिमपात भई अत्याधिका चिसो बड्ने भएकाले हरेकबर्ष यस समयमा उपल्लो डोल्पालिहरु बेसिझर्ने गरेकाहुन् ।
६ महिनाको लागि जाडो छल्न अस्थायि गास र बास को व्यबस्था सहित घरमा पालिएका याक,चौरी,घोडा,खच्चड लगाएतका पशुचौपाय सबै लिएर बेसि झर्ने गर्दछन ।

तल्लो डोल्पाका त्रिपुराकोट,लिकु,पहाडा दुनै,काईगँउ लगायतका गाविसमाहरु अस्थायी बासको व्यबस्था गर्ने गर्दछन् । फुर्सको समय उपयोगकोलागि उपल्लो डोल्पामा उत्पादनहुने जिम्मु,चौँरी गाईको छुर्पी,चमर लगाएतका बस्तुहरु ल्याएर मैक,भटमास संग साटासाट गर्ने तथा चौरी,भेडाका रौँहरु बाट राडि,पाखि गलबन्दि,पटुका,गँलैजा लगाएतका सामानहरु पनि बुन्ने र बिक्रिबितरण गरेर आयआर्जन गर्ने फोक्सुन्धो गाविसका स्थानिय निमा लामाले बताउनुभयो । तातो समय सुरु भएपछिमात्र घर फर्कने लामाले बताउनुभयो ।





error: Content is protected !!