शैक्षिक सुधारको गन्तव्यमा अवश्य नै पुग्नेछौ

lalitपृष्ठभूमी
शिक्षा वालवालिकाको नैसर्गिक अधिकार हो । समग्र विकासको मेरुण्ड हो । शिक्षा आर्दश समाज र सभ्यताको सर्जक हो । शिक्षाले नै वयैक्तिक, सामाजिक तथा राष्ट्रको विकासलाई दिशानिर्देश गर्न सक्छ । खासगरी शिक्षाले व्यक्तिमा ज्ञान, सीप र अभिवृतिको विकास गरी उसलाई सक्षम, सामथ्र्यवान तथा सुयोग्य वनाउँछ ।

जसले व्यक्तिलाई आत्मविश्वासी, स्वावलम्वी, सिर्जनसिल, प्रतिष्पर्धी वनाइ आत्मनिर्भरता तर्फ अग्रसर गराउँन सघाउँछ । यस प्रकार शिक्षाले एउटा व्यक्तिलाई असल मानव संसाधनको रुपमा परिणत गर्दै व्यक्ति स्वं, परिवार, समाज र राष्ट्रका लागि योगादान गर्न सक्ने पात्रको रुपमा विकास गर्दछ र कालान्तरमा राष्ट्रले नै उसको योग्यता, सक्षमता र सिर्जनशिलतावाट उल्लेख्य फाइदा लिने अवस्था वन्न जान्छ ।

यसरी व्यक्ति स्वंको विकासको सन्र्दभमा होस वा परिवार र समाजको विकासको परिप्रेक्ष्यमा होस् यात राष्ट्रको समग्र विकासको क्रममा नै किन नहोस् शिक्षाले सवै भन्दा महत्वपूर्ण योगदान गरेको पाइन्छ । विश्वका विकसित देशहरु अमेरिका, जापान, वेलायत, रुस यि सवै विकासको जुन चरमोत्कर्षमा पुग्न सफल भएका छन्, यसका पछाडी यि मूलुकहरुले आ आफ्नो शिक्षा व्यवस्थामा समयक्रममा गरेको आमूल परिवर्तन नै यसको प्रमुख कारण हो ।

चाहे विकसित देशहरुको कुरा गरौ, चाहे नेपालकै विकासको राम्रो स्तर भएका जिल्लाहरुको कुरा गरौ, शैक्षिक अवस्था र विकासको समग्र अवस्थावीच समानुपातिक सम्वन्ध रहेको पाउन सकिन्छ । जस्तो विकासको समग्र सूचीमा पछि परेको मध्यपश्चिम शैक्षिक विकासका सूचकहरुमा पनि पुछारमै परेको अवस्था साँछी छ । यसरी नै सवै भन्दा वढी निरक्षर संख्या रहेको रौतहटमा गरिवी, लैगिक असमानता, छुवाछुतको अवस्था पनि सो अनुपातमा नै रहेको पाउन सकिन्छ ।

माथि उल्लिखत दृष्टान्तवाट प्रष्ट छ कि शिक्षा क्षेत्रमा अपेक्षित विकास नगरिकन, शिक्षामा सवैको चासो र सरोकार नवढाइकन, शैक्षिक सुधार र विकासमा सवै सरोकारवालाहरुको हातेमालो नगरिकन हामी जिल्लाको समग्र विकासको डेक अगाडी वढाउन सक्दैनौ, जिल्लाले विकास, प्रगति र समुन्नतीको मार्ग तय गर्न सक्दैन । तर हामीले यो वास्तविकतालाई आत्मसात गर्न सकेका छैनौ ।  फलतः हाम्रो विकास र समृद्धिको यात्रा न हाँसको चालजस्तो छ, नकुखुराको चाल जस्तो वन्न पुगेको छ । अनि हामीले विकास र समृद्धिका लागि देखेका सपना रोपे भन्दा गोडे उँधोको नियति खेपिरहेका छन् ।

यहाँ सिधा सिधा भन्न खोजेको कुरा शिक्षाको विकासमा जोड दिऔ, शिक्षामा सुधार गरौ, शिक्षण सुधार गरौ, सिकाइ सुधार गरौ भन्ने हो । यसको लागि प्रत्येक व्यक्तिले, प्रत्येक परिवारले, प्रत्येक संघसंस्थाले, प्रत्येक स्थानीय निकायले शिक्षाप्रतिको आफ्नो दायित्व के हो ? वोध गरौ भन्ने हो । शिक्षाको महत्व सम्वन्धमा चिनियाहरुको उखान छ ः छ महिनाका लागि हो भने धान रोप, १० वर्षका लागि हो भने रुख रोप, १०० वर्षका लागि हो भने शिक्षामा लगानी गर ।

के हामीले यस्तै दूरदृष्टि राखेर शिक्षामा लगानी गरयौ, भन्दा गरेनौ । पछिल्लो समयमा खासगरी हामीले सामुदायिक विद्यालयको शिक्षालाई उपेक्षा गर्यौ । खासतः समाजको उच्च वर्ग र मध्य वर्गको आवश्यकता र चाहनालाई सामुदायिक विद्यालयको शिक्षाले पूरा गर्न सकेन या सामुदायिक विद्यालय सवैका हुन तर कसैका पनि होइनन् भन्ने मनोविज्ञानका कारण कमजोर हुँदै गएका कारण अभिभावक र विद्यार्थीका वदलिदा माग पूरा गर्न नसक्ने भए र आर्कषणको रंगमञ्चवाट ओझेल परे ।

अनि सामुदायिक विद्यालय साहराविहिन वने । जानी नजानी समाजको एक वर्गले सामुदायिक विद्यालयलाई विर्सिदै गयो । तर सामुदायिक विद्यालयप्रतिको विश्वास, आस्था र सम्मान जगाउन खासै प्रयत्न पनि भएन । यस जिल्लाको सन्र्दभमा पनि यि विषय धेरथोर मिल्ने गयो ।

सामुदायिक विद्यालयको शिक्षालाई समयक्रममा रुपान्तरण गर्दे जानु पर्ने हो, पाठ्यक्रम, शिक्षक व्यवस्थापन, मूल्यांकनका पक्षमा सुधार गरिनु पर्ने हो, तर अनुभूत गर्ने गरी हुन सकेन । यस जिल्लाको सन्र्दभमा हेर्दा यो झन भयावह देखियो । विद्यालयको भौतिक रुप रेखादेखि आत्मिक पक्षसम्मको विश्लेषण गर्दा अनुहार अनुहार जस्तो देख्न नसकिने, आत्मा आत्मकै रुपमा नपाइने अवस्था वन्यो ।

जिल्लाको यस अवस्थाप्रति चिन्ता गर्दै, हजारौ वालवालिकाको सुन्दर भविश्यप्रति जवाफदेही वन्दै र समग्र जिल्लाको भोलीको गन्तव्यप्रति संवेदनसिल हुँदै जिल्लाको शैक्षिक अवस्थामा सुधार ल्याउन जरुरी देखियो । यस सन्र्दभमा जाजरकोट जिल्लाको शैक्षिक अवस्थाको सुधार र विकासका लागि नवौ जिल्ला परिषदले शैक्षिक सत्र २०७३ लाई शैक्षिक सुधार वर्ष घोषणा गर्ने निर्णय गर्यो । यस निर्णय अनुसार एक भव्य कार्यक्रकमका वीच शैक्षिक सत्र २०७३ लाई शैक्षिक सुधार वर्षको रुपमा घोषणा गरियो ।

शैक्षिक सुधार वर्षको घोषणा, घोषणा मात्र कि ? कार्यान्वयन पनि ?

शैक्षिक सुधार वर्षको घोषणा, घोषणा गर्नका लागि मात्र थिएन । मन, वचन र कर्मले जिल्लाको शैक्षिक सुधारका लागि गरिएको अन्तरमनको आवाज थियो, यो । जिल्लाको शैक्षिक विकासका लागि गरिने इमानदार प्रयत्नको उद्घोष थियो, त्यो । शैक्षिक सुधार र विकासका लागि नविनतम् अभ्यासको प्रयोग र परिक्षण समेत थियो, यो । शैक्षिक सुधार वर्ष घोषणाको यस पवित्र भावना अनुरुप शैक्षिक सुधार वर्ष घोषणाको तिथी पछि अनेक प्रयत्न गरिएको छ, अनेक अभ्यासको थालनी गरिएको छ, अनेक प्रतिवद्धता र सचेतीकरणका अभियान छेडिएका छन् ।

जिल्लाको शैक्षिक सुधार र विकासका लागि विगतदेखि गरिएका राम्रा प्रयत्नहरुलाई आत्मसात गर्दै हामी सवैको एकिकृत प्रयास, जिल्लाको शैक्षिक विकास भन्ने उद्घोष सहित शैक्षिक सत्र २०७३ लाई मिति २०७३÷२÷१० गते शैक्षिक सुधार वर्षको रुपमा घोषणा गरिए पश्चात् उक्त घोषणालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न कार्यपत्र, कार्य योजना समेत तयार गरी कार्यान्वयनमा ल्याइएको छ ।

यस कार्ययोजनाका प्रमुख क्रियाकलापहरुमा ३ं० वुँदे निर्देशन, विद्यालयको सघन अनुगमन, स्रोतव्यक्ति र प्रधानाध्यापकहरुसँग क्रमशः १८ वुँदा र २० वुँदामा कार्य सम्पादन करार, जिल्लाका प्रधानाध्यापकहरुको ऐतिहासिक प्र.अ.सम्मेलन आयोजना गरी २० वुँदे प्रतिवद्धताको घोषणा, जाजरकोट जिल्लाको शिक्षामा काम गर्ने विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थाहरुको कार्य सम्पादनमा एकरुपमता कायम गरी शैक्षिक विकासमा एकिकृत प्रयास सिर्जना गर्न जाजरकोट शैक्षिक संजालको गठन, शिक्षकका पेशागत संघ संगठनको सहकार्यमा हाम्रो शैक्षिक दृष्टिकोण र शैक्षिक क्यालेन्डरको प्रकाशन, साक्षर जाजरकोट घोषणा केही सम्पादित प्रमुख क्रियाकलाप हुन भने ५ वर्षे जिल्ला शिक्षा योजनाको तयारी, स्थानीय संचार माद्यमसँगको सहकार्यमा हाम्रो शिक्षा, राम्रो शिक्षा शैक्षिक कार्यक्रमको प्रसारण, शैक्षिक सक्षमताको आधारमा विद्यालय शिक्षक र विद्यार्थीको वर्गिकरण, हरेक गा वि.स.मा एक नमूना विद्यालय, विद्यालयमा न्यूनतम् सक्षमताको अवस्था सुनिश्चित गर्न नमूना पूर्वाधार निर्माण, फर्निचर निर्माण लगायतका क्रियाकलापहरु संचालन गर्ने अन्तिम तयारी गरिएको छ ।

साथै छात्रवृति वितरणमा देखिएको दोहोरोपना र अनियमितता अन्त गर्न २०७३ फाल्गुण ६ गतेका दिन निजी विद्यालय समेतले जिल्लाभर कार्यक्रम आयोजना गरी जिल्लामा एकैदिन छात्रवृति वितरण गर्ने तयारी समेत भएको छ ।

शैक्षिक सुधार वर्षको कार्यान्वयनमा देखिएका अवरोध र चुनौतीहरु :

कमजोर तथा विकृत शैक्षिक अवस्थाको मार सदियौदेखि खेपीरहेका अभिभावक, विद्यार्थी र सरोकारवालाहरु प्रथमतः शैक्षिक सुधार हुन सक्ने अवस्थामा विश्वस्त देखिएनन् । दोस्रो तिनीहरु सुधारको सानोतिनो प्रतिफलवाट सन्तोष हुन सक्ने अवस्थामा पनि छैनन् अर्थात क्रमिक सुधारको नतिजाप्रति धैर्यता गर्न अनिच्छुक छन् । तेस्रो सुधार र परिवर्तनमा साथ दिने संख्या जहिले पनि लघु संख्यामा रहन्छ, जसले गर्दा शैक्षिक सुधारको आवाज सानो वन्न गइ जोड पकडन सकिरहेको छैन ।

चौथो शैक्षिक सुधारका लागि सर्वपक्षीय प्रतिवद्धता, इमानदारिता, सिर्जनसिलताको जरुरी रहन्छ, जस्को सर्वथा अभावको अनुभूती भएको छ । विद्यालयहरुमा न्यूतम् सक्षमताको अवस्था रहन सकेको छैन । यसरी नै शैक्षिक सुधारको केन्द्र शिक्षक हो तर अधिकांश शिक्षकहरु स्वंमा शैक्षिक सुधार र विकासका लागि सक्षम पनि छैनन्, इमानार पनि देखिदैनन् र प्रतिवद्ध पनि हुन चाहदैनन् । भनिन्छ शिक्षक नै शैक्षिक सुधारको मियो हो , केन्द्रविन्दु हो ।

शिक्षक पेशागत हिसावले दक्ष भएन, आचरण र व्यवहारको हिसावले अनुकरणीय र अनुसरणीय वनिदेन, शैक्षिक सुधार र विकासका लागि हरदम तत्पर भइ दिएन भने शिक्षामन्त्रीदेखी जिल्ला शिक्षा अधिकारीसम्मले गरेका शैक्षिक सुधारका घोषणा र प्रयत्नहरु निकम्मा वन्न सक्छन् । शिक्षकले चाह्यो भने रातारात वा एकाधसमयमा अभिभावक र विद्यार्थीका नजरमा गिरेका विद्यालयहरु एकाएक नाटकीय ढंगले जुरुक्क उठन सक्छन्, उठेका पनि त छन् । तर जाजरकोटको सन्र्दभमा यो विषय कमजोर भयो ।

एउटा आर्दश शिक्षक वन्नका लागि नै प्राज्ञिक कोर्स पूरा गरेर नियुक्ति पाएको आदारणीय शिक्षकलाई पटक पटक स्कूल जानु होस्, पढाउन शुरु गर्नुहोस् भनेर आदेश निर्देशन गर्नु पर्ने, पछिपछि लाग्नु पर्ने, भएन नियमित रुपमा स्पष्टीकरण सोध्नु पर्ने, तवल कट्टी गर्नु पर्ने, अवस्था आउनु दुरह हो । जिल्लाको दुर्भाग्य हो । अझ त शिक्षकको विद्यालयमा हुने अनुपस्थितिलाई विद्यालय प्रशासन, अभिभाव र विद्यार्थी समेत मिलेर ढाकछोप गर्ने प्रयत्न गरिनु अभिसाप नै हो, शैक्षिक अपराध नै हो ।

शिक्षक व्यवस्थापनको यस अवस्था देख्दा प्रश्न गर्न मन लाग्छ ः के विद्यालयमा प्रधानाध्यापकको नियुक्ति, विद्यालय व्यवस्थापन समितिको गठन यसै प्रयोजनका लागि मात्र भएको हो र ? विद्यार्थीहरु समेत विभिन्न वहानामा विद्यालयमा अनुपस्थित हुने र विद्यार्थी अनियमिततालाई न्यूनीकरण गर्न अभिभावक समेत उदासिन रहने अवस्था अर्काे दुर्भाग्य हो । साथसाथै विद्यालयमा नियमित र प्रभावकारी पठनपाठन सुनिश्चितताका लागि शिक्षक र विद्यार्थी समेतको नियमित र अर्थपूर्ण उपस्थितिका लागि गरिएका विभिन्न प्रयत्नहरुलाई शिक्षक, विद्यार्थी र अभिभावककै प्रयत्नवाट लत्याइनु दुखद हो ।

यसरी सारमा भन्दा अवको शैक्षिक सुधार शिक्षक वर्गको इमानारिता, वफदारिता, प्रतिवद्धता, तत्परता र सक्षमतामा निर्भर रहने छ । यसका लागि अव यस जिल्लाका विभिन्न विद्यालयहरुलाई कार्य क्षेत्र वनाएका हरेका शिक्षकले आफूले निर्वाह गरिरहेको शैक्षिक भूमिकालाई आत्म समिक्षा गर्दै सुधार गर्न जरुरी छ । शिक्षक जस्तो गरिमामय पेशामा आवद्ध व्यक्तिमा हुनु पर्ने पेशागत गुणहरुको प्रर्वद्धन गर्न लागि पर्नु पर्ने भएको छ ।

शैक्षिक सुधार संभव वन्दै गएको छ, अवको समय नतिजा प्रर्दशनको रहनेछ :

शैक्षिक सुधार सवै भन्दा वढी जटिल विषय हो । सो समाजसास्त्रीय विषय पनि हो, मनोवैज्ञानिक विषय पनि हो । यो कला र विज्ञानको समिश्रण पनि हो । यस कारण यसले गहन तथा अटुट प्रयत्नको माग गर्दछ, सर्वपक्षीय प्रतिवद्धताको खाँचो देखाउँछ । हामी यस चरणवाट अघि वढि सकेका छौ । शैक्षिक सुधारका लागि आवश्यकीय पूर्वाधारको विकास गरिसकेका छौ । अव मात्र अथक प्रयत्नका साथ अघि वढ्नु छ, हरेक शैक्षिक अभ्यासलाई फरक ढंगले सम्पादन गर्नु छ, सरोकारवाला सवैको विश्वास जित्दै होष्टेमा हैसे गर्दै अघि वढ्नु छ । अँध्यारोलाई चिर्न उज्यालोको मात्रा वढाउँदै जानु पर्ने छ ।

अव विशेष गरी शिक्षाको सफ्टवेयर पार्टमा विद्यालय कसैका मात्र भएका छन्, सवैका वनाउनु छ । विद्यालय र शिक्षकप्रतिको घट्दो सामाजिक लगाव, आस्था र विश्वास वढाउँने प्रयत्न गर्नु छ, शिक्षण सिकाइको पक्ष सुधार्नु छ , शिक्षकलाई पढाउ, पढाउ, विद्यार्थीलाई पढौ, पढौ तथा अभिभावकलाई विद्यालयमा जाउँ जाउ, दातालाई विद्यालयमा सहयोग गरौ, गरौ भन्ने वातावरण निर्माण गर्नु छ । हार्डवेयर पार्टमा विद्यालयमा सर्वाेत्कृष्ट भवन, कक्षाकोठा, फर्निचर, पुस्तकालय, प्रयोगशाला लगायतका अवस्थाको विकास गर्न आवश्यक प्रयत्न गर्नु छ ।

विद्यार्थी शिक्षक संख्याको न्यूनता भएका, एक विद्यालय र अर्काे विद्यालयवीच न्यूनतम दूरी नरहेका विद्यालयहरु तत्काल मर्ज गरी विग स्कूल स्थापना गरी शैक्षिक भौतिक स्रोतसाधन केन्द्रित गरी नमूना शैक्षिक संस्थाहरुको विकास गर्नु छ । नमूना विद्यालयको विकासका लागि हाम्रो विद्यालय, हामीले वनाउँछौ, मेरो लगानी हाम्रो विद्यालयका लागि, हामी सवै हाम्रो विद्यालयमा जस्ता विभिन्न अभियानात्मक क्रियाकलाप संचालन गर्नु छ ।

संभवत अवको केही समयमा हामीले अपेक्षा गरेको शैक्षिक नतिजा हामीले प्राप्त गर्ने छौ, यसका लागि अनियमित शिक्षण सिकाइ, अनियमित शिक्षक उपस्थिति, अनियमित शैक्षिक गतिविधिका विरुद्ध शून्य सहनसिलताको नीति लागु गरौ, शिक्षा सुधार्ने दायित्व उ र तिनीहरुको मात्र होइन मेरो र हामीहरुको पनि हो भन्ने कर्तव्य र दायित्वको वोध गरौ ।

        ललित विक्रम सिह
जिल्ला शिक्षा अधिकारी, जाजरकोट





error: Content is protected !!