सविनको उपचार र पढ्ने पैसा जुट्यो

Money from Nepal, various Rupee banknotes and coins.

जाजरकोट । कार्तिक ८ गते गते भैसीले खुट्टा कुल्चिए भाँचिएको ४ वर्षिय वालक सविन केसीलाई उपचारका साथै पढाई खर्च जुटेको छ । आमा दोस्रो विहे र वावाको मृत्यू भएका सक्ला १ लैखम घर भई खगेनकोट ९ मंसिरी माउली घरमा वस्दै आएका सविनको विभिन्न सामाजिक सञ्चार तथा सञ्चार माध्यममा समाचार आएपछि उपचारका लागी रकम जुटेको हो ।

सविनका कहाली लाग्दो अवस्थामो समाचार वढेपछि हाल वैदेशिक रोजगारीमा रहेका डाडागाउँ ७ चाउलेचौरका लक्ष्मण रसाईलीले विभिन्न माध्यमवाट संकलन गरी कतार वाट रु ३१ हजार रुपैया उपलव्ध गराउनुभएको छ । त्यस्तै गोखाकी सरिता गुरुङ्गले विभिन्न ठाउँवाट संकलन गरी रु १ लाख ४७ हजार रुपैया हस्तान्तरण गनुभएको छ ।

सविनको उपचार कार्य सम्पन्न गरी सिटिजन्स वैँकमा खाता खोजी वाकी रकम भावी दिनमा वढ्नका लागी राखिएको छ । आफै गरिव भई वैदेशिक रोजगारीमा रहेका रसाईलीले वाँकी रकम नेपाल आएर घरमै गई सविनलाई हस्तान्तरण गर्ने वताएका छन् ।

यसरी जनसारधारणले रकम ठाउँ ठाउँवाट जुटाएर उपचार खर्च उपलव्ध गराउदा सम्मा राज्य भने कानमा तेल हालेर वसेको छ । रसाईलीले यो भन्दा अगाडी रोल्पा लगाएत देशका विभिन्न ठाउँका २० जना भन्दा वढी अलपत्र परेका यूवालाई नेपाल फर्काउन रकम जुटाएर सहयोग गदै आएका छन् ।





error: Content is protected !!