एक रोपनी जग्गा नहुँनेले भवन नपाउँने

building-20clip-20art-school-building3जाजरकोट । विद्यालयको नाममा एक रोपनी जग्गा नहुँनेलाई अव जिल्ला शिक्षा कार्यालय जाजरकोटले विद्यालय निर्माणका लागी रकम नदिने वताएको छ ।

विद्यालय निर्माणका लागी दिईएको रकम स्थानीय जग्गादात्ताले लिन थालेपछि शिक्षा कार्यालयले यस्तो मापदण्ड वनाएको हो । स्थानीयले पहिले विद्यालयलाई निशुल्क जग्गा दिने पछि भवनको लागी आएको रकममा आँखा गाडेपछि जिल्ला शिक्षा कार्यालयले यस्तो निर्णय गर्न वाध्य भएको छ । जग्गा विद्यालयको नाममा नभएका वा एक रोपनी भन्दा कम जग्गा भएको ठाउँमा भवन निर्माणका लागी रकम दिदा नयाँ भवन निर्माणका लागी नयाँ जग्गा खोज्दा मुल्य वढ्ने कि पुरानो भवनललाई भत्काउने गरेका कारण समस्य आएको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले वताउनुभयो ।

जग्गा नभएको ठाउँमा समेत भवन निर्मानका लागी भन्दै रकम लिने पछि आफ्नो जग्गा दिएर मोटो रकम असुल्ने गरेका कारण रकम खेर जाँने समस्यलाई हल गर्न विद्यालयको नाममा एक रोपनी जग्गा अनिवार्य हुनुपर्ने सर्त कार्यालयले राखेको छ । कार्यालयले भवन निर्माणका लागी रकम माग्न आउँनेलाई निश्चित नम्स भित्र पुरा गरेर मात्र आउँन अनुरोध पनि गरेको छ । विद्यार्थी संख्य, आपm्नै जग्गा, भौतिक पुर्वाधारको अवस्था लगाएतका कुरामा ध्यान दिन आग्रह गरेको हो ।

विगतमा पहुँच हुँनेले पटक ,पटक भवन पाँउने पहुँचमा नहुँनेले कहिले पनि भवन नपाँउने संस्कारको अन्त्य गर्ने जिशिअ सिंहले वताउनुभयो । प्रत्येक विद्यालयमा वस्नका लागी डेष्क,वेन्चको व्यवस्थ गर्न त्यसका लागी जिल्ला विकास समिति ,गाविसमा आवश्यक समन्वय भईसकेको वताएको छ । जिल्लाका ११ विद्यालयमा पुर्ण सरसफाई यूक्त विद्यालय निर्माणका लागी काम सुरु भएको कार्यालयले वताएको छ । यसका लागी ११ विद्यालयका शिक्षकलाई तालिम दिई सकिएको छ ।

खानेपानीका उपलव्धताका लागी खानेपानी सरसफाइ सव डिभिजन कार्यालय मार्फत आवश्यक पाईप खरिद गर्ने काम अन्तिम चरणमा पुगेको छ । शिक्षक समाजको ऐना भएका कारण समाज परिवर्तनमा उल्लेखनिय भुमिका हुँने देखिन्छ । त्यस्तै विद्यालयको शैक्षिक अवस्था सुधारका लागी कार्यालयको टिम अनुगमणका लागी खटिएको छ ।

अनुगमणका खटिएको टिमले कक्षा कोठामा गई विद्यार्थीहरु संग अन्तरक्रिया गदै , वैद्धिकता जाँच गदै अनुगमणलाई तिव्रता दिईएको कार्यालयका मानवहादुर गिरीले जानकारी दिनुभयो । अभिवावक र शिक्षक संग छलफल गदै विद्यालय र घरमा समेत पढ्नका लागी उचित वातावरण सिर्जन गर्न अनुरोध गरिएको छ ।





error: Content is protected !!