मार्सल आर्टको अन्तर्राष्ट्रिय अध्यक्षद्वारा प्रधानमन्त्रीसँग भेट

_dsc8921काठमाडौं । अन्तर्राष्ट्रिय मार्सल आर्टका अध्यक्ष लिइडाइ ह्युनसहितको मार्सल आर्टको कोरियाली टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेको छ ।

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा ह्युनले नेपालमा मार्सल आर्टको विकासका लागि काम गर्न आफूहरु ईच्छुक भएको बताउनुभयो । ह्युनले नेपालमा मार्सल आर्टको मैदान लगायतका पूर्वाधार निर्माणका लागि सहयोग गर्ने बताउनुभयो ।

भेटमा प्रधानमन्त्रीले टोलीले नेपालप्रति देखाएको गहिरो सद्भावका लागि धन्यवाद व्यक्त गर्दै मार्सल आर्टको विकासका लागि मिलेर काम गर्ने बताउनुभयो ।





error: Content is protected !!