नियम विपरित स्वास्थ्यका नयाँ कार्यक्रमको स्वीकृति दिँदै शिक्षामन्त्री

mmmmmकाठमाडौं–  प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् ९सिटिइभिटी०को शैक्षिक सत्र सुरु भएको तीन महिनापछि नयाँ संस्थालाई सम्बन्धन र  कार्यक्रमका लागि स्वीकृत दिन खोजिएको छ ।

शिक्षामन्त्री धनीराम पौडेलले कलेज सञ्चालकको आर्थिक प्रभावमा आज  ४ बजे बस्ने सिटिइभिटी बोर्डको बैठकमा स्वास्थ्य विषय पढाईका लागि नयाँ सम्बन्धन र थप कार्यक्रमको स्वीकृतिको निर्णय गर्न लागेको बुझिएको छ । बोर्डको अध्यक्ष शिक्षामन्त्री रहने व्यवस्था  छ । विभिन्न कलेजलाई सिटिइभिटी अन्तर्गतका फार्मेसी, एचए, रेडियोग्राफी, फिजियो थेरापीलगायत ३८ कार्यक्रमको स्वीकृति दिन लागिएको हो ।

जबकी माओवादी केन्द्रकै नेता दीनानाथ शर्मा शिक्षा मन्त्री भएको समयमा शैक्षिक सत्र सुरु हुनुभन्दा तीन महिनाअघिबाट थप कार्यक्रम सञ्चालनको स्वीकृति नदिने व्यवस्था गरिएको थियो । भदौबाट सिटिइभिटीले नयाँ शैक्षिक सत्रको पढाइ नै थालिसकेको छ । सिटिइभिटीको सदस्य सचिव पद खाली रहेको र निमित्तले काम चलाइरहेको मौकामा यस्तो निर्णय गर्न लागिएको हो । नयाँ स्वीकृति दिइने कार्यक्रमका लागि यसअघि नै भइसक्नुपर्ने  प्रवेश परीक्षा मंसिर ४ गते सारिएको छ ।

सिटिइभिटीको अन्तर्गतका विभिन्न दल निकट कर्मचारी संगठनले शिक्षामन्त्रीको यो कदमको विरोध जनाएका छन् । माओवादी केन्द्र निकट राष्ट्रिय कर्मचारी संगठन, एमाले निकट कर्मचारी संगठन र काँग्रेस निकट कर्मचारी संघले प्रेस विज्ञप्ति जारी गर्दै विरोध जनाएका हुन् ।

यसैगरी नेकपा एमाले निकट अनेरास्ववियु सिटिइभिटी शाखाले नयाँ स्वीकृति र सम्बन्धनको विरोध गर्दै निमित्त सदस्य सचिव रमेश बखती र उपाध्यक्ष कुलबहादुर बस्नेतको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।





error: Content is protected !!