स्वास्थ्यमा कार्यसम्पादन करार अनिवार्य, दोहोरो नियुक्ती लिन नपाउने

bbbकाठमाडौं– स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायमा नियुक्त वा मनोनयन हुने कार्यकारी प्रमुखले अनिवार्य कार्यसम्पादन करार गर्नुपर्ने छ । स्वास्थ्य मन्त्रालयले तयार पारेको ‘स्वास्थ्य मन्त्रालय अन्तर्गतका सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ती र मनोनयन सम्बन्धी मापदण्ड २०७३’ अनुसार सो व्यवस्था गरिएको हो ।

यो मापदण्ड मन्त्रीपरिषद्को विधेयक समितिले पास गरिसेको छ । मन्त्रालयले नियुक्ती र मनोनयन गर्ने कार्यकारी प्रमुखले कार्यसम्पादन करारमा आफुले गर्ने कामको विवरण, संस्थाको योजना, रणनिती र कार्यक्रमको स्पष्ट कार्यतालिका, प्राप्त हुने उपलब्धि, त्यसको मापन गर्न सकिने सूचक र मूल्याङ्कन संयन्त्र  लगायतका विषयमा करार हुनेछ । कार्यसम्पादन करार बमोजिम काम पुरा भएरनभएको मन्त्रालयले तोकेको मुल्याङ्कन समितिले तीनरतीन महिनामा गर्नेछ ।

करार बमोजिम काम गर्न नसके सो पदबाट हटाउन सक्ने व्यवस्था गरिएको छ । स्वास्थ्य मन्त्री गगन थापाले विर अस्पतालका निर्देशक डा। भुपेन्द्र बस्नेत र औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालसँग कार्यसम्पादन करार सम्झौता गरिसकेका छन् । साथै यो मापदण्ड बमोजिम एकै व्यक्तिले एकै समयमा दोहोर नियुक्ती लिन पाउने छैनन् ।





error: Content is protected !!