नक्कली डाक्टर बनेर ठगी गर्ने पक्राउ

ddddकाठमाडौं– आफुलाई पाटन अस्पताल र नेपाल मेडिकल कलेजको डाक्टरका रुपमा प्रस्तुत गरेर ठगी गर्दै आएक एक युवक पक्राउ परेका छन् । नेपाल मेडिकल कलेजका नाममा बनाइएको भिजिटिङ कार्ड तथा लेटरप्याडसहित ललितपुर हरिसिद्धीका अनुप गोविन्द बैद्यलाई प्रहरीले पक्राउ गरेको हो ।

बेलायतमा आकर्षक तबलसहितको जागिर मिलाइदिने भन्दै उनले ६ जनालाई ठगी गरेको प्रहरीले जनाएको छ । बिश्वासमा पार्न उनले बेलायतको नक्कली पिआर कार्ड देखाउने गरेका थिए । डाक्टर पनि भएको र बेलयातको पिआर देखाउदा सजिलै ठग्ने सकिने भएकाले उनले यस्तो तरिका अपनाएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी पिताम्बर अधिकारीले बताए ।

उनले सातदोबाटोका भरत महतलाई ५ लाख, रामेछापका खड्ग बहादुर कार्कीलाई ५० हजार, दल बहादुर खत्रीलाई ८० हजार, धापाखेलका बिनितल महर्जनलाई ३० हजार, ठैवका सचिन थापालाई ८० हजार तथा लगनदेलका जनम मालाकारलाई एक लाख ५० हजार ठगी गरेका थिए ।





error: Content is protected !!