मध्यपश्चिम विश्वविद्यालयका ग्र्याजुएट स्कुल पुनर्संरचनाबारे इन्जिनियरिङ विभागमा अन्तरक्रिया

सुर्खेत / मध्यपश्चिम विश्वविद्यालयअन्तर्गतका ग्र्याजुएट स्कुललाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले गठित पुनर्संरचना कार्यदलले इन्जिनियरिङ केन्द्रीय विभागमा अन्तरक्रिया गरेको छ।
संरचना र व्यवस्थापनबारे सुझाव
सानो सुर्खेतस्थित इन्जिनियरिङ केन्द्रीय विभागमा शुक्रबार भएको अन्तरक्रियामा विभागीय प्रमुख, प्रशासन, लेखा तथा उपलब्ध प्राध्यापक र कर्मचारी सहभागी थिए। सहभागीहरूले ग्र्याजुएट स्कुलको वर्तमान संरचना, विभागीय व्यवस्थापन तथा शैक्षिक र प्रशासनिक प्रभावकारिताबारे धारणा राखेका थिए।
सिभिल इन्जिनियरिङ केन्द्रीय विभागका विभागीय प्रमुख ई. सुरेन्द्रबहादुर शाही र कम्प्युटर इन्जिनियरिङ केन्द्रीय विभागका विभागीय प्रमुख ई. कपिल बुढाथोकीसहित प्राध्यापक तथा कर्मचारीले पुनर्संरचनाका विभिन्न पक्षमा सुझाव दिएका थिए।
कार्यदलद्वारा राय संकलन

ग्र्याजुएट स्कुल अफ ह्युमानिटिज एन्ड सोसल साइन्सेसका डीन तथा कार्यदलका संयोजक डा. आनन्दप्रसाद सुवेदीको अध्यक्षतामा कार्यक्रम भएको हो। कार्यक्रममा म्यानेजमेन्टका डीन डा. पूर्णमान श्रेष्ठ, साइन्स एन्ड टेक्नोलोजीका डीन डा. दीपकराज अधिकारी र एग्रिकल्चरका डीन डा. कर्णसिंह धामी सहभागी थिए।
कार्यक्रममा प्रशासन अधिकृत शेरबहादुर केसी र लेखा अधिकृत राजकुमार थापालगायत कर्मचारीको पनि सहभागिता थियो। कार्यदलका सदस्य तथा योजना, विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा. विष्णुकुमार खड्काले कार्यक्रम सहजीकरण गरेका थिए।









