हेलिकप्टरमार्फत ११० जनाको उद्धार

काठमाडौं । रसुवामा बाढीका कारण विभिन्न स्थानमा फसेका ११० जनाको नेपाली सेना र निजी कम्पनीका हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार धुन्चे क्षेत्रबाट ८५ जना, टिमुरेबाट १३ जना, मैलुङबाट पाँच जना, बेतावत्रीबाट चार जना र त्रिशूली क्षेत्रबाट तीन जनाको उद्धार गरिएको हो।

बुधबार रसुवाको भोटेकोशीमा आएको आकस्मिक बाढीका कारण जिल्लाका विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेको छ। बाढीको प्रभाव रसुवासँगै नुवाकोट, धादिङ र चितवनलगायत जिल्लामा समेत परेको छ।

बाढीका कारण सडक तथा पुलमा क्षति पुग्नुका साथै कतिपय स्थानमा यातायात र आवतजावतसमेत प्रभावित भएको छ। जोखिममा परेका तथा बाढीका कारण सम्पर्कविहीन भएका नागरिकको खोज तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ।




सम्बन्धित समाचार


error: Content is protected !!