रसुवा बाढीका प्रभाव ः मनकामना केवलकार बन्द, काठमाडौं र नारायणगढ जाने सवारीहरु खैरैनीमै ‘होल्ड’ गराइयो

गोरखा ः रसुवा बाढीबाट हुन सक्ने क्षतिलाई मध्यनजर गर्दै मनकामना केवलकार सेवा बन्द गरिएको छ ।

वुधवार बिहान ११ बजेबाट केवलकार बन्द गरिएको मनकामना दर्शन प्रालिका नायव प्रवन्धक उज्वल शेरचनले बताए । ‘हाइवेहरु पनि बन्द छन्,’ उनले भने, ‘बाढी यतै आउँदै छ, अव त्यसको प्रभाव कति हुन्छ त्यही अनुसार सेवा संचालन गर्ने नगर्ने निर्णय गर्छौ ।’


यता काठमाडौं र नारायणगढका लागि छुटेका सबै सवारीलाई खैरेनीमा होल्ड गराइएको छ । ‘गोरखा, पोखरा लगायतका ठाउँबाट आएका गाडीहरुलाई हामीले यही होल्ड गरेर राखेका छौ,’ इलाका प्रहरी कार्यालय आँवुखैरेनीका प्रहरी निरीक्षक प्रदिप सुवेदीले भने ।





error: Content is protected !!