कर्णालीका ३३ पालिकाले ल्याए बजेट

सुर्खेत  ,१० असार ः कर्णालीका १० जिल्लामा ७९ पालिका मध्य ३३ पालिकाले मात्र बजेट ल्याएका छन् ।

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दिएको जानकारी अनुसार ७९ पालिका मध्य हाल सम्मा ३३ वटाले मात्र संवैद्यानिक व्यवस्था अनुसार आज बजेट ल्याएका छन् । मुगुका छायाँनाथ रारा , मुगुमकार्मारोंग गाउँपालिका र खत्याड गाउँपालिकाले बजेट ल्याएका छन् । हुम्लाको खार्पुनाथ , सिमकोट , जुम्लाका हिमा , सिञ्जा , कालिकोटका तिलागुफा ,रास्कोट ,नरहरीनाथ , पचालझरना र पलाताले बजेट ल्याएका छन् ।

रुकुम पश्चिमका आठबीसकोट र मुसीकोट , सल्यानका कुमाख र सिद्धकुमाख , सुर्खेतका गुर्भाकोट ,पञ्चपुरी , भेरीगंगा , बीरेन्द्रनगर ,चौकुने ,बराहतालले बजेट ल्याएका छन् । जाजरकोटको कुशे ,शिवालयले मात्र बजेट ल्याएको भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । दैलेखको दुल्लु ,नारायण , गुरास , डंगेश्वर , महाबुले बजेट ल्याएका छन् ।

कत्तिपय पालिकाले बजेट ल्याएपनि मन्त्रालयको वेवसाइटमा जानकारी नगराएको पाइएको छ । मन्त्रालयमा जानकारी दिनका लागि पालिकासँग पासपोर्ट भएपनि ढिलासुस्ती गरेको पाइएको मन्त्रालयका सूचना अधिकारी विवक घिमिरेले जानकारी दिनुभयो ।
हेमन्त केसी





error: Content is protected !!