पचास महिला अटो चालकलाई सम्मान

सुर्खेत / सुर्खेतमा महिला अटो चालकलाई जिल्ला टा«फिक कार्यालय सुर्खेतले सम्मान गरेको छ । जिल्ला भरीका ५० भन्दा बढी महिला अटो चालकलाई वीरेन्द्रनगरमा भेला गराएर टा«फिक कार्यालयले सम्मान गरेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो ।जानकारी दिनुभयो । टा«फिक प्रहरी देख्न बित्तिकै त्रास उत्पन्न हुने संस्कारलाई हटाउदै इमान्दार भएर काम गर्नेलाई सम्मान गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो , “ महिला अटो चालकहरुलाई ट्राफिक नियम सचेतना तथा सम्मान पनि गरका छौँ । अन्तरक्रिया छलफल तथा खादा लगाइ सम्मान गरिएको छ । ”
महिला अटो चालकको मनोबल बढाएर सेवा प्रवाहमा प्रभावकारिता ल्याउन यो अभियान थालिएको जिल्ला टा«फिक कार्यालय सुर्खेतका प्रमुख रोहित कुमार शाहीले जानकारी दिनुभयो । सम्मान पाएपछि आफूहरू खुसी भएको वीरेन्द्रनगर –१२ नेवारेकी कल्पना सिंहले बताउनुभयो ।










