बालेन नेतृत्व सरकारमा यी मन्त्रीको नाम टुङ्गियो, गृहमा सुधन गुरुङ

बालेन शाह नेतृत्वको सरकारमा डा स्वर्णिम वाग्ले अर्थमन्त्री बन्ने भएका छन् । रास्वपा सभापति रवि लामिछोनेको निवास बूढानीलकण्ठमा भएको नेताहरूबीचको छलफलमा वाग्ले अर्थमन्त्री र परराष्ट्रमन्त्रीमा शिशिर खनाल नियुक्त गर्ने निर्णय भएको हो । त्यस्तै, खडकराज पौडेल ९गणेश०को नाम पर्यटन मन्त्रालयमा टुङ्ग्याइएको नेताहरूले बताएका छन् ।

त्यस्तै, सुधन गुरुङ गृहमन्त्री बन्ने चर्चा भएको छ । रास्वपा महामन्त्री कबीन्द्र बुर्लाकोटीले भने केही बेरअघि गुरुङलाई गृहमन्त्री बनाउने गरी छलफल भइरहेको तर, उनको नामले अन्तिम रूप लिइनसकेको उनले जानकारी दिए ।

गुरुङ गोरखा– १ बाट निर्वाचित भएका हुन् । अन्य मन्त्री बन्नेमा सुनिल लम्साल, सोविता गौतम, सस्मित पोखरेललगायतको नाम रहेको छ । उनीहरूको नाम भने अहिलेसम्म राष्ट्रपति कार्लयमा पुर्‍याइएको छैन । प्रधानमन्त्रीको शपथसँगै शाहले मन्त्रीहरूको नाम दिने बुझिएको छ ।





error: Content is protected !!