सडक नपुगेको घरंगामा सडक निर्माण हुँदै

जाजरकोट ः नलगाड नगरपालिका ९ स्थित दारिम पाटा देखि घरंगा सम्मा सडक निर्माण हुने भएको छ । सडकको पहुँचमा नभएको यस ठाउँलाई भेरी कोरिडोरमा जोडनका लागि सडक निर्माणको काम सुरु गर्न लागिएको नगरप्रमुख डम्बर रावतले बताए । सडक निर्माण गर्न ठेक्का लगायतका प्रक्रियागत कामहरू पुरा भएको उनले जानकारी दिए ।
घरंगाबासीले पटक ,पटक सडक निर्माण गर्नका लागि नगरपालिकामा अनुरोध गर्दै आएका थिए । सडक निर्माणको ठेक्का अध्यारो ,उज्यालो निर्माण सेवाले लिएको छ । त्यस्तै अर्को  नलगाड ६ को साङटा विरा गराग्ली पिउलीमा सडक निर्माण गर्नका लागि ठेक्का समेत फाइनल भएको छ । यो सडक समेत महत्त्वपूर्ण रहेको छ । यो सडक निर्माण गर्नका लागि नलगाड विल्डसले ठेक्का पाएको छ । अब ठेक्का सम्झौता गरेर कामलाई गति दिइने उपप्रमुख देवका लामिछानेले बताइन ।




error: Content is protected !!