कर्णालीमा एमालेले उम्मेदवार टुँगो लगायो , नेकपाले नाैँ जिल्ला मात्र

सुर्खेत ,४ माघ ः आशन्न २१ फागुनमा हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कर्णालीमा नेकपा एमालेले उम्मेदवार छनोट गरेको छ । त्यस्तै नेकपाले सात जिल्लामा छनोट गरिसकेको छ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ कर्णाली प्रदेशका ७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारहरूको नाम छनोट गरेको छ । १० जिल्लाका १२ वटा निर्वाचन क्षेत्रहरू रहेको कर्णालीमा सुर्खेत र दैलेखमा २/ २ वटा निर्वाचन क्षेत्रहरू छन् ।
नेकपा कर्णालीका नेता कालिबहादुर मल्लका अनुुसार रूकुम पश्चिममा गोपाल शर्मा, जुम्लामा नरेश भण्डारी, दैलेख क्षेत्र नम्बर १ मा अम्बर बहादुर थापा, दैलेख क्षेत्र नम्बर २ मा योगेन्द्र बहादुर शाही, सुर्खेत क्षेत्र नम्बर १ मा जीतबहादुर राना, सुर्खेत क्षेत्र नम्बर २ मा झकबहादुर मल्ल र डोल्पामा धनबहादुर बुढा , जाजरकाेटमा शक्तिबहादुर बस्नेत , कालिकोटमा महेन्द्र बहादुर शाही , हुम्लामा दिपेन्द्र रोकाय , मुगुमा चन्द्रबहादुर शाही , सल्यानमा अहिले सम्मा छनोट भएको छैन । बस्नेतले अहिले सम्मा टिकट नबुझेको प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए ।
त्यस्तै नेकपा एमालले कर्णालीका १० जिल्लामा उम्मेदवारको छनोट टुँगो लगाएको छ । सल्यानमा गुलाबजंग शाह , रुकुम पश्चिममा नन्दराम देवकोटा , सुर्खेत क्षेत्र नम्वर १ मा धुर्व शाही , क्षेत्र नम्बर २ मा कुलमणि देवकोटा , कालिकोटमा नागेन्द्र शाही ,जुम्लामा शान्तिबहादुर महत ,मुगुमा पूर्णबहादुर रोकाया , हुम्लामा दल फडेरा , डोल्पामा लङ्क रोकाया ,दैलेख क्षेत्र नम्वर १ मा रविन्द्रराज शर्मा , क्षेत्र नम्वर २ मा लक्ष्मीराज शर्मा ,जाजरकोटमा डम्मरबहादुर सिंहको नाम छनोट भएको छ ।








