भूकम्पले अवरुद्ध भएको सिँचाई ,विद्युत सेवा सुचारु

जाजरकोट/ जाजरकोटको नलगाड नगरपालिका–५ रानीखेतमा सिँचाई तथा जलविद्युत आयोजना मर्मत पछि स्थानीयबासीहरु खुसी भएका छन् । रामीडाडाँ केन्द्र विन्दु बनाएर गएको भूकम्पबाट सिँचाई तथा विद्युतमा क्षती भएपछि अवरुद्ध भएको सेवा नलगाड नगरपालिकाको आर्थिक सहयोगमा निर्माण कार्य पुरा भएसँगै स्थानीयबासीहरु खुसी भएका छन् ।

हाल करिव २० हेक्टर खेतीयोग्य जमिन सिँचाई सुविधा पुगेको छ । यहाँका १७१ घरधुरीको जमिनमा सिँचाई सुविधा पुगेको नगरप्रमुख डम्वर रावतले जानकारी दिनुभयो । विकास साझेदार संस्थाको समन्वयमा नलगाड नगरपालिकाले रु ६ लाख १० हजार भन्दा बढी रकमबाट गाँडे खोलादेखि रानीखेतसम्मको सिँचाइ कुलो मर्मत तथा सुधार पछि यहाँका स्थानीयबासीहरु खुसी भएको उहाँले जानकारी दिनुभयो । नहरमा पानी सञ्चालन हुन थालेपछि स्थानीयबासीहरुले बेमौसमती तरकारीबाली लगाउन थालेका छन् ।

३१ किलोवाट क्षमताको झुम्रेखोला लघुजलविद्युत् आयोजना पुनः सञ्चालनमा आएसँगै विद्युत सेवा समेत सूचारु भएको प्रमुख प्रशासकीय अधिकृत खडक परियारले जानकारी दिनुभयो ।




सम्बन्धित समाचार


error: Content is protected !!