नेतृत्व र विचार सहि भएमा मात्र शक्ति आर्जन गरेर सही ठाउँमा पुगिन्छ ः संयोजक प्रचण्ड

सुर्खेत / विगतका गलतीबाट शिक्षा लिदै अहिलेको नेपाल कम्युनिष्ट पार्टी गठन गरिएको नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बताउनुभयो । नेता तथा कार्यक्रताको उत्साहजनक सहभागीता सहित एक नम्बर पार्टी बनाउने उदेश्य पुरा गर्ने अभियानमा कर्णालीले देखाएको मायाले आफू उत्साहित भएको उहाँले बताउनुभयो ।
मधेस तथा अन्य ठाउँमा समेत हाम्रा सभाहरु एतिहासिक मात्र होइन , नेकपालाई नयाँ उचाई पुगेको छ । कर्णाली नेपाली सभ्याताको जननी रहेको स्मरण गर्र्दै अहिले शासकले कर्णालीलाई नचिनेको भन्दै अब नेकपाले सबै कुरा पुरा गर्ने उहाँले बताउनुभयो । कर्णालीको जडीबुटी , जलस्रोतको महत्वपूर्ण भण्डार रहेकाले यसलाई जनताको समाजवादबाट सम्भव भएकाले हामी त्यही संकल्प लिएर अगाडी बढेको छु उहाँले भन्नुभयो । १४ भन्दा बढी पार्टीहरु एकै पटक मिलेर विगतका गल्ती कम्जोरी मिलेर सच्याई अगाडी बढने संकल्प गरेको यो इतिहासमा पहिलो पटक भएको समेत उहाँले बताउनुभयो । हाम्रा सभा तथा बैठक तथा एकता देखेर अन्तराष्टिय जगतले समेत बधाई दिएको बताउदै उहाँले एमाले भित्रको ठुलो संख्यमा रहेका मित्रहरुले समेत बधाई दिदै यो बाटो सही भएको बताएको उहाँले जानकारी दिनुभयो । विदेशीएका यूवाहरुलाई स्वदेशमा आउन मिल्ने वातावरण तयार गर्न आफूहरु लागेको उहाँले बताउनुभयो ।
२०४१/४२ देखि नै पार्टी एकताको पक्षमा माधव नेपाल र मेरो बीचमा छलफल सुरु भएको थियो । जनयूद्ध सुरु भएको दुई वर्ष देखि माधव नेपाल र आफूहरुले देशको विकास गर्न र नेपाललाई कसरी उचाइमा प्र्याउन सकिन्छ भनेर छलफलमा जुटेको उहाँले स्मरण गनुभयो । एमालेले र माओवादीको सहमति पछि मात्र देशमा १२ बुद्धे सहमति भएको स्मरण गर्दै ४० वर्ष देखि यि कामहरु भइरहेको बताउनुभयो ।
जेनजीहरुबाट भएको आन्दोलनले आफुहरु सचिने वातावरण निर्माण भएको उहाँले बताउनुभयो । नेकपाले मात्र अहिले सम्मा जेनजीको कुरा पुरै समर्थन गरेको संयोजक प्रचण्डले बताउनुभयो । धेरै जेनजीहरु अहिले नेकपामा जोडिनुभएको यो खुसीको कुरा हो । प्रधानमन्त्री सुसिला कार्की र जेनजीको बीचमा भएको सहमतिका बुद्धाहरु नेकपासँग धेरै मिल्दो रहेकाले आफूहरु उत्साहित भएको उहाँले बताउनुभयो । जनताको एकता नै नेकपा भएको बताउनुभयो । नेतृत्व र विचार सहि भएमा मात्र शक्ति आर्जन आर्जन गरेर जनताको पक्षमा काम गर्न सकिने उहाँले बताउनुभयो । भ्रष्टाचार विरुद्धको अभियान देखि विद्युत व्यापार , नागरिकताको विषयमा हामीले धेरै काम गरेका छौँ उहाँले बताउनुभयो । नेकपा नै नेपाली जतताको पार्टी रहेको समेत दावी गनुभयो ।







