जेनजीका माग नै हाम्रा माग भएकाले एजेण्डा मिलेको छ ः सहसंयोजक नेपाल

सुर्खेत / नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले नेपालले अलग , अलग पार्टीलाई एकै ठाउँमा ल्याएर राजनीतिमा महत्वपूर्ण काम गरेको बताउनुभयो । जनतामा उत्साह ,भरोसा र इमान्दार नेता तथा कार्यक्रताको पार्टी हुने बताउनुभयो । आज बीरेन्द्रनगरमा भएको एकतासभालाई सम्वोधन गर्दै उहाँले यो कुरा बताउनुभएको हो ।
जनताको पक्ष र देशको हितको पक्षमा काम गर्ने पार्टीको रुपमा नेकपालाई अगाडी बढाएको बताउनुभयो । देशको स्वतन्त्रतता, स्वाधिनता , देशभक्त पार्टीको रुपमा नेकपालाई लिएको समेत उहाँको दावी छ । जनताको अधिकारको पक्ष रहेकाले जनता सार्वभौम बनाउने पक्षमा नेकपा रहेको उहाँले बताउनुभयो । जनतालाई देशको मालिक बनाउनका लागि लोकतन्त ,गणतन्त्र चाहिएको छ उहाँले भन्नुभयो । हरेक महत्वपूर्ण समयमा हामी सही ठाउँमा उभिएको आफूहरु महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । जनताको पीडा ,महिलाको बेदना , यूवाहरुको बेरोजगारी समस्याका विषयमा समेत हामी जिम्मेवार हुनुपर्ने सहसंयोजक नेपालले बताउनुभयो ।
भ्रष्टाचार , कुशासन ,स्वार्थी व्यवसार , व्यक्तिबादी भावना अन्त्य हुनुपर्नु उहाँको दावी रहेको छ । विगतका कम्जोरीहरु सुधार गरेर अगाडी जाने संकल्प आफूहरुले गरेको बताउनुभयो । राम्रा कामको प्रसंसा र नराम्रा कामहरुको प्रतिरोध गरेर अगाडी बढनुको विकल्प नभएको उहाँको भनाई रहेको छ । कम्यूनिष्ट पार्टीको पालामा राम्रा विकास निर्माणका कामहरु भएकाले केही नभएको भनि गरिएको प्रचार गलत भएको उहाँले बताउनुभयो । जनताको सेवा , देशको विकास गर्ने नै हाम्रो प्रमुख उदेश्य रहेको दावी गर्नुभयो । सिंगो देशको विकास गर्ने भन्ने विषयमा हामीले छलफल गरिरहेका छौँ उहाँले भन्नुभयो , “ बजेट अनुसारको काम अनि परिणाम कसरी निकाल्न सकिन्छ भन्ने विषयमा हामी छलफलमा रहेका छौँ । विदेशीलाई हामीले उत्पादन गरेका बस्तुहरु कसरी पठाउन सकिन्छ भन्ने विषयमा समेत छलफल चलिरहेको छ । विद्युत विक्री लगायतका अन्य विषयमा समेत कुरा चलिरहेको छ । ”
योजना विनाका कामहरु असफल हुने भएकाले हामीसँग योजनाका साथै देश बनाउने हुटहुटी रहेको उहाँको भनाई रहेको छ । हामी विकासका लागि हरेक कुराको विकल्प खोजिरहेको छौँ उहाँले भन्नुभयो ,“ अब यूवाहरु विदेश जानुपर्ने अवस्था छैन , आफ्नै घरमा बसेर रोजगारी सिर्जना गर्न सकिन्छ । यूवा साथीहरु हामीलाई विश्वास गर्नुहोस हामी तपाइहरुसँग मिलेर जाने योजना हामीसँग रहेको छ । ” जनताको साथ ,सरोसा बढेमा मात्र शक्ति आर्जन हुने अनि योजना कार्यान्वयन गर्न सहज हुने उहाँले बताउनुभयो ।







