नलगाड नगरपालिकासँगको सहकार्यमा सुस्वाले खानेपानी तथा सरसफाइको काम गर्दै

हेमन्त केसी
बीरेन्द्रनगर , ११ मंसिर ः जाजरकोट नलगाड नगरपालिकाको सहकार्यमा सुस्वाले खानेपानी तथा सरसफाइको क्षेत्रमा आधा दर्जन खानेपानीको आयोजनाहरु निर्माण गरिरहेको छ ।

नगरपालिका भित्रका बिभिन्न वडाहरुमा विद्यालय तथा गाउँबस्तीमा खानेपानी तथा सरसफाइका क्षेत्रमा काम भइरहेको नगरप्रमुख डम्बर रावतले जानकारी दिए । चालु आर्थिक वर्षमा ६ वटा ठुला आयोजना तथा साना खानेपानीका योजनाहरु मर्मतको काम भइरहेको नलगाड नगरपालिकाका वास संयोजक चन्द्रबहादुर पुनले जानकारी दिए । सुस्वा परियोजना मार्फत चालु आर्थिक वर्षमा खानेपानी तथा सरसफाइको क्षेत्रमा भारी कामहरु भइरहेको उनले बताए ।

पुनका अनुसार आर्थिक वर्ष २०८२÷०८३ नलगाड नगरपालिका–७ दल्ली स्थित दल्ली खोनपानी तथा सरसफाइ योजना , नलगाड नगरपालिका– ३ मा तुसारे खानेपानी तथा सरसफाइ योजना, वडा नम्बर– ८ मा कायाखेत खानेपानी योजना , वडा नम्बर ५ मा खन्टाकुरा खानेपानी तथा सरसफाइ योजना , नलगाड १ पालिमा धारेखोला खानेपानी तथा सरसफाई आयोजना र नलगाड १३ मा भौजा खानेपानी तथा सरसफाइ योजनामा काम भइरहेको छ ।
पाँच वटा सामुदायिक विद्यालयमा शौचालयको कामहरु भइरहेको नलगाड नगरपालिकाको वास संयोजक पुनले जानकारी दिए । पालिका भित्रमा खानेपानीको समस्या हल गर्नका लागि यि ठाउँमा कामहरु भइरहेको प्रमुख प्रशासकीय अधिकृत खडकबहादुर परियारले जानकारी दिए । यि खानेपानीका योजनाहरुबाट सयौँ स्थानीयबासीले शुद्ध पिउने पानी उपभोग गर्न पाउने भएको उनले बताए । भूकम्पबाट समस्या भोगिरहेका यहाँका स्थानीयबासीका लागि ठुलो राहको काम भएको उनले बताए ।

सुस्वा र पालिकाकै समन्वयमा अन्तर्गत आर्थिक वर्ष २०८१÷०८२ नलगाड ३ मा सागबारी खानेपानी योजना , वडा नम्बर ७ मा सालधारा खानेपानी योजना सम्पन्न भइसकेको छ । त्यस्तै तपोभुमी माध्यमिक विद्यालय, दलित प्राथमिक विद्यालयमा सरसफाइका कामहरु सम्पन्न भएका छन् । बास्तविक समस्यालाई मध्यनजर गर्दै समस्या समाधान गर्नका लागि यि कामहरु भएको नगरप्रमुख रावतले बताए । त्यस्तै गरेर नलगाड १२ तल्लुमा टिमुरेखोला तल्लुबगर खानेपानी योजना निर्माण भएको छ । पालिकाको सहकार्यमा विकास साझेदार निकायको सहयोगमा सिमा तल्लुबगर खानेपानी निर्माण भएको छ । करिव १ करोड लगानीमा यि दुई योजनाहरु निर्माण भएको उपभोक्ता समितिका सचिव पृथ्वीबहादुर बस्नेतले बताए ।

नलगाड नगरपालिका भरी शुद्ध तथा सुरक्षित पानी पिउनका लागि नगरपालिकाले निश्चित कार्य योजना बनाएर काम भइरहेको नगर उपप्रमुख देवका लामिछानेले बताइन । सुस्वाले कर्णालीका २८ वटा पालिकामा काम गरिरहेको छ । राम्रो काम गरेर उत्कृष्ट नतिजा ल्याउने पालिकामा सुस्वाले २० प्रतिशत बजेट थप पाउने व्यवस्था रहेको बताएको छ । कर्णाली भरी १३५ वटा खानेपानीका योजना र ५८ वटा शौचालय निर्माण हुन लागेको सुस्वाका सुशासन विज्ञ निराजन श्रेष्ठले जानकारी दिए । कर्णालीका २८ पालिकामा खानेपानीको समस्या समाधान गर्नका लागि आफूहरु लागि परेको उनको भनाई रहेको छ । त्यस्तै नलगाड नगरपालिकामा सुस्वाले बार्षिक कार्य सम्पादन मूल्यांकन नतिजा –पापा) समेत सम्पन्न गरेको छ । सबै पालिकामा यो मूल्यांकनको काम हुँदै आएको छ । राम्रो काम गरेकालाई पुरस्कृत तथा सुधार गर्नुपर्ने ठाउँमा सुझाव दिने काम भएको सुस्वाका सुशासन विज्ञ श्रेष्ठले बताए ।

नलगाड नगरपालिकाले राम्रो काम गरेको बताउदै श्रेष्ठले अझै सहकार्यका हातहरु बढाउन समेत आग्रह गरे । नगरप्रमुख रावतले सुस्वाको सहकार्यमा खानेपानी तथा सरसफाइको क्षेत्रमा राम्रो काम भएकाले अझैँ सहकार्य तथा समन्वय गर्न आफूहरु तयार रहेको बताए । नगरप्रमुख रावतले नगरपालिकाको विकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै सुस्वालाई अझ समय बढाएर काम गर्न आग्रह समेत गरे ।





error: Content is protected !!