जाजरकोटमा ५२ वडामा अनलाइनबाट नागरिकताको सिफारिस सुरु

सुर्खेत / जाजरकोटका ५२ वटा वडाबाट अनलाइन मार्फत नागरिकताको सिफारिस दिने कार्य सुरु भएको छ । ७७ वडा रहेको जाजरकोटमा २५ वटा वडामा अझैँ अनलाइनबाट नागरिकतको सिफारिस सुरु हुन नसकेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलले जानकारी दिनुभयो । भेरी नगरपालिकाका सबै वडाबाट नागरिकताको सिफारिस सुरु भएको छ ।
नलगाड नगरपालिकामा १ देखि १२ नम्वर सम्मा सुरु भएको छ भने १३ नम्बरमा मात्र बाँकी रहेको छ । छेडागाड नगरपालिकाको १,३,६,८,९ र ११ बाट अनलाइन मार्फत नागरिकताको सिफारिस सुरु भएको छ भने २,४,५ ,७ ,१०,१२,१३ नम्वरले अझैँ सुरु गर्न सकेका छैनन् । शिवालय गाउँपालिकामा १,२,३,५,६,७,८,९मा सुरु भएको छ भने वडा नम्बर ४ अझैँ सुरु हुन सकेको छैन । बारेकोट गाउँपालिकामा १,४,६, र ७ मा सुरु भएको छ भने १,५,८ र ९ मा अझै सुरु हुन नसकेको प्रजिअ पौडेलले जानकारी दिनुभयो ।
त्यस्तै कुशे गाउँपालिकामा २,३,४,६ र ७ मा सुरु भएको छ भने १,५,८,९ मा अझै सुरु हुन नसकेको अवस्था छ । जुनिचाँदे गाउँपालिकाको ३,४,५,७,११र १० मा अनलाइनबाट सुरु भएपनि १,२,६,८ र ९ मा अझैँ सुरु हुन नसकेको प्रजिअ पौडेलले जानकारी दिनुभयो । सुरु नभएका वडाहरुमा तत्काल काम सुरु गर्न जिल्ला प्रशासन कार्यालयबाट पत्र पठाएको छ ।










