जाजरकोट जिप दुर्घटना हुँदा एकको मृत्यु , तीन घाइते

जाजरकोटको नलगाड नगरपालिका–५ कालिमाटीबाट बुधबार बिहान एक बजे पोख्रा तीर गइरहेको कर्णाली प्रदेश ०२००१ च १२५५ नम्वरको जिप पोख्रामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
अन्य तीन जना घाइते भएका छन् । नलगाड नगरपालिका–५ बाट पोख्राका १६ वर्षीय निसान वलीको उपचार गर्न लिदैँ गर्दा शिवालय गाउँपालिका–१ छेडामा मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख डिएसपी बसन्त कुमार शर्माले जानकारी दिनुभयो । घाइतेहरुमा सोही ठाउँका रबिन्द्र वली , हिरालाल कुसारी र दिपेश वली रहेका छन् ।
घाइते मध्य २ जनालाई नेपालगन्ज , १ जनाको रुकुम पश्चिमको आठबीसकोट राडीको नगर अस्पताल लिइएको छ ।



