जाजरकोट , रुकुम पश्चिम ,डोल्पामा पाँच दिन देखि टेलिफोन सेवा अवरुद्ध

सञ्जय केसी
जाजरकोट / जाजरकोट , रुकुम पश्चिम र डोल्पामा टेलिफोन सेवा अवरुद्ध भएको छ । नलगाड नगरपालिका–१२,–१३ सँगै रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–४,५,६ मा पूर्व रुपमा सञ्चार सेवा अवरुद्ध भएको हो ।
त्यस्तै बारेकोट गाउँपालिका–५ मा रहेको रतनकोट स्थित टावरमा समस्या आएपछि बारेकोट गाउँपालिकाको अधिकांश भाग सञ्चार सेवाबाट बन्चित भएको छ । रुकुम पश्चिमको गोतामकोट , जाजरकोटको नायकवाडा तनकोटको टावरमा समस्या आएपछि यहाँका नागरिकहरु दशैँको मुखैमा आफन्तसँग कुरा गर्न नपाएको नलगाड नगरपालिकाका नगरप्रमुख डम्वर रावतले जानकारी दिनुभयो । सञ्चार सेवा अवरुद्ध भएको जानकारी जिल्ला हुँदै प्रदेश कार्यालयमा पुर्याएपनि समाधान नभएको उहाँको भनाई रहेको छ ।
त्यस्तै सोही टावरको सहायताले डोल्पाको मुडकेचुलामा रिले गर्ने भएकाले डोल्पाको मुडकेचुलामा समेत सञ्चार सेवा अवरुद्ध भएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिनुभयो । नेपाल टेलिकम जाजरकोटका प्राविद्यिक प्रकास उपाध्ययका अनुसार समस्या आएको ठाउँमा काम भइरहेको छ । गोतामकोट मर्मत गरेर नायकवाडा मर्मत हुने उपाध्ययले जानकारी दिनुभयो ।



