नलगाडद्वारा वर्षमा ४९ भौतिक संरचना निर्माण – स्थानीय तह स्वमूल्यांकन (लिजा) मा नलगाड नगरपालिका पहिलो

हेमन्त केसी
बीरेन्द्रनगर , ९ असोज ः जाजरकोटको नलगाड नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा ४९ वटा भौतिक संरचना निर्माण गरेको छ । खानेपानी , सडक , सिँचाई , घोडेटोबाटो र स्वास्थ्य संस्था गरेर ४९ वटा संरचना निर्माण गरेको नगरप्रमुख डम्वर रावतले जानकारी दिए ।
आठ वटा खानेपानीको योजना निर्माण गरेर सयौँ स्थानीयबासीलाई खानोपनीको पहुँच विस्तार गरेको उनले बताए । भूकम्पका कारण खानेपानीको समस्या भोगिरहेका स्थानीयबासीले घर ,घरमा धारामा पानी आएपछि खुसी भएको उनको भनाई रहेको छ । आठ वटा स्वास्थ्य संस्था तथा विद्यालय भवनहरु निर्माण गरिएका छन् । भूकम्पले क्षती गर्दा सरकारी संरचनामा समस्या भएपछि आवश्यकता आधारमा ति संरचना निर्माण गरिएको हो । तीन वटा सिँचाई योजना निर्माण कार्य सम्पन्न भएको प्रगती विवरणमा राखिएको छ । २० वटा साना ठुलो सडकहरु निर्माण गरिएको उपप्रमुख देवका छामिछानेले जानकारी दिइन ।
बजेट अभावका कारण पालिकाले आफ्नै रकमबाट अन्य विकास निर्माणका कामहरु गर्न खोजेपनि सम्भावना कम भएको उनले बताइन । बिभिन्न विकास साझेदार निकायको सहयोगमा दर्जनौ भौतिक संरचना निर्माणको अन्तिम चरणमा रहेको उनको भनाई रहेको छ । नलगाडमा रहेका अठार स्वास्थ्य संस्था मध्ये ११ वटा स्वास्थ्य संस्थामा मात्र मापदण्ड अनुसारको भवन रहेको पाइएको छ । सात वटा स्वास्थ्य संस्थामा अझैँ मापदण्ड अनुसारका स्वास्थ्य संस्था नभएको नगरपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ । कम्प्यूटर र इन्टरनेट सुविधा भएका स्वास्थ्य संस्थाको संख्य ७ वटा रहेको छ । त्यस्तै इन्टरनेट मात्र सुविधा भएको स्वास्थ्य संस्थाको संख्य ८ वटा रहेको छ ।
२४ घण्टा विद्युत आपूर्ती हुने स्वास्थ्य संस्थाको संख्य एक मात्र रहेको छ । २४ घण्टा सोलारबाट विद्युत पुगको स्वास्थ्य संस्थाको संख्य ५ वटा रहेको छ । आफ्नै जग्गा भएका स्वास्थ्य संख्य १८ वटा रहेको बताएको छ । मोटरबाटो पुगेका स्वजास्थ्य संख्य १५ वटा रहेको छ । खानेपानी , शौचालय भएका स्वास्थ्य संस्थाहरुको संख्य १० वटा रहेको छ । संघ , प्रदेश सरकारबाट निर्माण कार्य जारी रहेका बिभिन्न भौतिक संरचनाहरु चालु आर्थिक वर्षमा सकिने उनले बताए । सबै वडा कार्यालयहरु निर्माण भएर सेवा प्रवाहमा सहज भएको छ । बिभिन्न विकास साझेदार निकायसँग समन्वय गरेर विद्यालय , स्वास्थ्य संस्था , खानेपानी तथा सिँचाई , सडकको कामहरु भइरहेको उपप्रमुख लामिछानेले बताइन् । अधिकांश ठाउँमा सञ्चार सेवा पुगेको उनले बताइन ।
अन्य ६ पालिकालाई उछिन्दै आव २०८१÷०८२ को लिजामा प्रथम नलगाड नगरपालिका प्रथम भएपछि जिल्ला समन्वय समिति जाजरकोटले सम्मान समेत गरेको छ । स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्यांकन कार्यविधि २०७७ (लिजा) स्थानीय तहको सक्षमता र कमजोरी पहिचान गरी सुधार गर्ने सैद्धान्तिक पृष्ठभूमिमा तर्जुमा गरिएको स्वमूल्यांकन मार्गनिर्देशिका हो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८० को कार्यान्वयनको आधारमा तर्जुमा गरिएको छ ।
लगानीको पर्खाइमा तीन वटा जलविद्युत
नलगाड नगरपालिकामा तीन वटा जलविद्युत आयोजना निर्माण हुने चरणमा रहेका छन् । नलगाड जलविद्युत आयोजना ४१७ मेगावाट लगानी खोजिरहेको छ । डिपिआर , जग्गाको मुआव्जाको काम समेत पुरा भएको अवस्थामा अब आयोजना निर्माण गर्न लगानीको जुटनुपर्ने मुख्य दायित्वका रुपमा आएको छ । त्यस्तै ताक्सुगाड जलविद्युत आयोजना ७ मेगावाट समेत लगानीको प्रर्खाइमा रहेको छ । जगदुल्ला ए समेत नलगाड नगरपालिकामै निर्माण हुन थालेको छ । यि सबै आयोजना निर्माण गर्न बजेट जुटाउनु पर्ने अवस्था रहेको छ ।
भेरी करिडोर सडकले नलगाडको संमृद्धि
भेरी करिडोर सडक योजना अन्तरर्गत नलगाडको अधिकांश भागमा कालोपत्रको काम भएको छ । बाँकी रहेको ठाउँमा चालु आर्थिक वर्षमा पुरा हुने योजना प्रमुख सुनिल रन्जितकारले बताए । सडक भित्र पर्ने झुर्मेखोला , नलगाड , त्रात्रगाड , खमाउरेखोला , ताक्सुगाडमा पुल निर्माण गर्नका लागि टेन्डर लागेपनि काम हुन सकेको छैन । अहिले झुर्मेखोला , नलगाड नदीमा बेलिब्रिज पुल निर्माण भएपछि याततायातका साधनहरु चलिरहेका छन् । यही सडक भएर रुकुम पश्चिम तथा डोल्पा जाने गरिन्छ ।



