बजेट कार्यान्वयनमा जुटन मुख्यमन्त्री कँडेलको निर्देशन

सुर्खेत ,३० भदौ ः ‘जेनजी’ आन्दोलन पछि सहज वातावरण निर्माण भएको भन्दै कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले बजेट कार्यान्वयनमा जुटन निर्देशन दिनुभएको छ ।
क्षती भएका भौतिक संरचनाको अनुगमन पछि सोमबार विहान रासससँग कुरा गर्दै मुख्यमन्त्री कँडेलले भन्नुभयो , “नापी कार्यालय , प्रदेशसभा पूर्ण रुपमा क्षती भएको छ । अन्य भौतिक संरचनामा आँशिक क्षती भएको अवस्था रहेछ । आज नै मैले प्रदेशका मन्त्री तथा सचिवलाई बोलाएर काम तिब्रताका साथ सुरु गर्न निर्देशन दिइसकेको छु ।”
मुख्यमन्त्री कँडेलले आन्दोलनको कारण देखाएर बजेट कार्यान्वयनमा ढिला सुस्ती नगर्न निर्देशन समेत दिएको बताउनुभयो । प्रदेश सरकारले लिएको मार्ग निर्देशन तथा कार्य योजना अनुसार काम गरेर नतिजा निकाल्न समेत उहाँले आग्रह गनुभयो । ‘आन्दोलन हुँदा क्षती हुन्छ तर यसलाई बहाना बनाएर काम नगर्ने तरिका चाँही बदल्नुपर्छ ’उहाँले भन्नुभयो । प्रदेशसभामा भएको क्षतीको मुल्यांकन गरेर कामलाई तिब्रता दिइने उहाँको भनाई रहेको छ । आन्दोलनको मर्म ठिक भएपनि व्यक्तिगत रिस पोख्ने काम भएको भन्दै उहाँले सबै कुरा थाहा भएकाले आइतबार नै क्षतीको बारेमा मुल्यांकन तथा खोज गर्नका लागि आइतबार आफूले निवेदन दिएको बताउनुभयो ।
त्यस्तै आन्दोलनका क्रम्मा क्षती हुन पुगेको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय काम समेत सुरु गरिने जानकारी दिनुभयो । प्रदेशमा आफ्नै प्रहरी नहुँदा काम गर्न समस्या आएको आफूले अनूभुति गरेको पीडा सुनाउनुभयो । जिल्ला स्थित कार्यालय प्रमुख तथा कर्मचारी साथीहरु तत्काल काममा फर्कन निर्देशन समेत दिइएको उहाँको भनाई रहेको छ ।



