कर्णाली भौगोलिक इकाई मात्र होइन ,गौरवशाली इतिहास, संस्कृति ,परम्पराको धरोहर ः मुख्यमन्त्री कँडेल

सुर्खेत  /  कर्णाली प्रदेश स्थापना तथा सहिद दिवस २०८२ को अवसरमा कर्णलीका मुख्यमन्त्री यामलाल कँडेलले शुभकामना दिएको छ । संघीय संरचना निर्माणका क्रममा हालको कर्णाली प्रदेशलाई छुट्टै प्रदेश स्थापना गरिनुपर्ने मागसहित १३ दिनसम्म चलेको जनआन्दोलन र चार जना सहिदको बलिदानपश्चात् कर्णाली प्रदेश स्थापना भएको शुभकाना सन्देशमा भनिएको छ ।
प्रदेश प्राप्तिका लागि बलिदान गर्नुहुने महान सहिदहरुको सम्झना एवम् सम्मान र प्रदेश प्राप्तिको खुशियाली मनाउन कर्णाली प्रदेश सरकारले आजकै दिनलाई प्रदेश स्थापना तथा सहिद दिवसका रुपमा मनाउने र कर्णाली प्रदेशभर सार्वजनिक विदा दिदै आएको छ ।
कर्णाली केवल भौगोलिक इकाई मात्र होइन । यो गौरवशाली इतिहास, संस्कृति र परम्पराको धरोहर हो। संघीय संरचनाले यस पहिचानलाई सम्मान र अधिकारको आधार प्रदान गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । प्रदेश संरचना केवल प्रशासनिक व्यवस्था मात्र नभई नागरिक अधिकार र जनसहभागिताको आधार रहेको बताएको छ । कर्णालीलाई विकास, सुशासन र सामाजिक न्यायको प्रदेश बनाउने संकल्प लिदै यही संकल्पले नागरिकमा प्रदेशप्रतिको अपनत्व बढाउनुका साथै कर्णालीलाई उज्ज्वल भविष्यतर्फ डो¥याउने मुख्यमन्त्री कँडेलले विश्वास लिनुभएको छ ।
कर्णाली अझै पनि भौगोलिक विकटता, पूर्वाधारको कमी, स्वास्थ्य तथा शिक्षा सेवामा असमानता, रोजगारी अभाव जस्ता चुनौतीबीच उभिएको भन्दै यी चुनौतीलाई अवसरमा बदल्ने दृढ संकल्प रहेको बताउनुभयो । सुशासन र सामाजिक न्यायका आधारमा कर्णालीलाई विकास र समृद्धिको बाटोतर्फ अघि बढाउन हामी प्रतिवद्ध रहेको उल्लेख छ ।





error: Content is protected !!