माओवादीले माग्याे कुलिङ पिरियड छानबिन प्रतिवेदनबारे सरकारको धारणा

नेकपा माओवादी केन्द्रले कुलिङ पिरियड छानबिन प्रतिवेदन कार्यान्वयनबारे सरकारको धारणा माग गरेको छ।
माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले प्रतिवेदन कार्यान्वयनमा तदारुकता देखाउन सरकारलाई आग्रह गरेका छन्।
संसदीय विशेष छानबिन समितिले साउन २० गते संघीय निजामती सेवा विधेयक २०८० को त्रुटि सम्बन्धी प्रतिवेदन पेस गरेको थियो।
२७ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रले कुलिङ पिरियड छानबिन प्रतिवेदनबारे सरकारको धारणा माग गरेको छ ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा पार्टी तर्फबाट विशेष समयमा बोल्दै माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले कुलिङ पिरियड छानबिन प्रतिवेदन कार्यान्यनबारे सरकारको धारणा आउन नसकेको भनेर ध्यानाकर्षण गरेका हुन् ।

‘उक्त प्रतिवेदनबारे सरकारको दृष्टिकोण के हो ? यो स्पष्ट होस् र प्रतिवेदन कार्यान्वयनमा तदारुकता देखाइओस्’ उनले भने ।

संघीय निजामती सेवा विधेयक २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय विशेष छानबिन समितिले आफ्नो प्रतिवेदन यही साउन २० गते प्रतिनिधिसभामा पेस गरेको थियो ।

उक्त प्रतिवेदन कार्यान्वयनको प्रक्रियाबारे सभामुख छलफलमा रहेका बेला प्रमुख प्रतिपक्षी दल माओवादीले सरकारको ध्यानाकर्षण गरेका हुन् ।




सम्बन्धित समाचार


error: Content is protected !!