कुशेका १३ जना उत्तरकाँशीको हर्सिल क्षेत्रमा बेपत्ता

जाजरकोट ः भारतको उत्तराखण्ड राज्य अन्तरर्गत उत्तरकाँशीको हर्सिल क्षेत्रमा मजदुरी गर्न गएको १३ जना जाजरकोट कुशेका बेपत्ता भएको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताउनुभयो ।


उहाँले एक विज्ञप्ति निकाल्दै भन्नुभयो , “ कुशे गाउँपालिका–२ का १३ जना स्थानीयबासीहरु सम्पर्कमा नरहेको जानकारी आएको छ । उत्तरकाँशीको हर्सिल क्षेत्रमा पाँच अगस्टमा आएको बाढीमा परेका कारण सम्पर्क हुन नसकेको परिवारले बताएका छन् । ” वेपत्ताहरुको खोजि गरिदिनका लागि गाउँपालिकाका अध्यक्ष बस्नेतले नेपाल सरकार परराष्ट मन्त्रालयलाई आग्रह गर्नुभयो ।
अन्य वडाका स्थानीयबासीहरु पनि सम्पर्कमा नरहेको स्थानीयबासीको भनाई रहेको भन्दै कुशे गाउँपालिकाका अध्यक्ष बस्नेतले बताउनुभयो ।





error: Content is protected !!