पानी नपर्दा खेत बाँझैँ , मकैबाली सुक्यो

इन्द्रबहादुर बुढाथोकी
सुर्खेत ः साउन महिनाको मध्य हुँदा सम्मा पानी नपरेपछि सुर्खेत र सल्यानका केही पालिकामा अझैँ खेती हुन सकेको छैन ।

पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य भीमप्रकाश शर्माका अनुसार सल्यानको वनगाड कुपिण्डे नगरपालिका– र १, २, ३ ,४ र ६ मा धान रौपने खेतहरु पानी नपर्दा बाझैँ रहेका छन् । त्यस्तै सिम्ता गाउँपालिका– १, ३ ,४ र ६ धान रोप्नका लागि राखिएको बीउ समेत सुकेको छ । मकैबाली सकेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो ,“ मकैवाली सुकेको छ । खोला सुक्खा छ । कर्णाली प्रदेशको लागि यो एउटा प्राकृतिक विपद हो । संसदबाट र ब्यक्तिगत रुपमा पनि सरकारको ध्यानाकर्षण गराईएको छ । तर हाल सम्म पनि कुनै चासो छैन । ”

यत्ता सरकाका प्रवक्ता तथा भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोद कुमार शाहले प्रदेश सरकारको सामर्थले भए सम्माको कार्य योजना बनाउने बताउनुभयो । उहाँले भन्नुभयो ,“ यो समस्या हल गर्न ठुलै धनराशी चाहिने देखिन्छ । अब आउने मन्त्रीपरिषदमा समेत छलफलको विषय बन्ने छ । तत्काल समस्या समाधानका लागि उपाय केही नभएपनि प्रदेश सरकारले सक्ने काम गर्ने छ । ”









