मानसिक समस्याले सुर्खेतमा श्रीमानले गरे श्रीमतीको हत्या

 

 

\

सुर्खेत /  सुर्खेतमा आइतबार मध्यरातमा आफ्नै श्रीमानले श्रीमतीको हत्य गरेर प्रहरी समक्ष आफै फोन गरेर हत्य गरेको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुधिरराज शाहीले दिएको जानकारी अनुसार सुर्खेतको वीरेन्द्रनगर–१३ सुगरखोलाका ४२ वर्षीय दानसिंह ठाडाले आफ्नी ४१ वर्षीया श्रीमती रविना ठाडाको हत्या गरेका छन् । आइतबार साढे १ बजेतिर घटीत घटनापछि ठाडाले आफैं प्रहरीलाई फोन गर्दै सर श्रीमती मारिसके पक्राउ गर्न आउनुहोस् भन्दै घरको ठेगाना दिएका थिए ।
फोन गर्नु अघि उनले वडाध्यक्षलाई समेत सम्पर्क गरी प्रहरीको नम्बर मागेका थिए । जानकारी पाउनासाथ नगर प्रहरी र करेखोला प्रहरी चौकीको टोली तत्काल घटनास्थलमा पुगेको थियो । प्रहरीको टोलीले विहान करिब २ बजेतिर ठाडालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेत प्रमुख शाहीले जानकारी दिनुभयो । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार चिर्पट प्रहारबाट हत्या भएको देखिएको छ । मानसिक तनाव र पारिवारिक विवादले यो घटनामा भूमिका खेल्न सक्ने प्रहरीको ठम्याइ छ ।  





error: Content is protected !!