लोतीखोलामा पुल निर्माण भएपछि चंखेली राष्ट्रिय सडक सञ्जालसँग जोडियो

हुम्ला ः हुम्लाको चंखेली गाउँपालिका राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छ । गाउँपालिकाको २ र ४ को बीचमा रहेको लोतीखोलामा बेलिब्रिज निर्माण भएपछि यहाँका स्थानीयबासीहरु मुगुको गमगढी गएर सडक यातायाता प्रयोग गनुपर्ने बाध्यता हटेको छ ।

पूर्वाधार विकास कार्यालय हुम्लाका प्रमुख ईन्जिनियर नरेश राज जैसीले भन्नुभयो , “ सुर्खेत ,नेपालगन्ज लगायतका ठाउँमा जानका र आउनका लागि यहाँका मानिसहरु मुगुको सदरमुकाम गमगढी गएर गाडी चढनुपर्ने बाध्यता अन्त्य भएको छ । अब कर्णाली करिडोर हुम्ला खण्डबाट नै सिधैँ देश बिभिन्न ठाउँमा यात्रा गर्न सकिने भएको छ । ”

उक्त पुल रु ५ करोडमा निर्माण भएको हो । २०८१ असार २२ गते सम्झौता भएर २०८२ असार २१ गते निर्माण कार्य सम्पन्न भएको छ । पुल ४२ मिटर लामो पुल काँग्री निर्माण सेवाले बनाएको हो । अब चंखेलीका १,२,३ र ५ वडावासी सिधा सडक सञ्जालसँग जोडिएका छन् ।

पुल नहुँदा लोतेखोला सम्मा पैदल हिडेर खोला पार गरेपछि यातायातका साधनहरु चढनुपर्ने बाध्यता रहेको कार्यालय प्रमुख जैसीले बताउनुभयो । सल्लीसल्ला पिल्लाङ हुँदै गमगढी जोडने सडक खण्ड भित्र यो पर्दछ ।





error: Content is protected !!