भेरी नदीमा टिप्पर खस्दा तीन जना बेपत्ता

जाजरकोट ः भेरी करिडोर सडक योजनामा निर्माणको काम गर्ने यति बिल्डर्सको रा.१ क. १५०१ नम्बरको टिप्पर भेरी नदीमा वेपत्ता भएको इलाका प्रहरी कार्यालय रिम्नामा प्रहरी नायव निरीक्षक शिउ कुमार चौधरीले बताउनुभयो ।
मंगलबार राती बेपत्ता भएको टिप्पर अझैँ भेटाउन नसकिएको उहाँले जानकारी दिनुभयो । जाजरकोटको नलगाड नगरपालिकाको दल्लीबाट जाजरकोटको रिम्ना तर्फ आउदै टिप्पर रुकुम पश्चिमको आठबीसकोट –१४ पिपलचौरमा दुर्घटना भएको थियो ।
उहाँका अनुसार टिप्परमा चालक सहित तीन जना सवार रहेको यत्ति विल्ड्रसले जानकारी उद्धत गर्दै चौधरीले जानकारी दिनुभयो । तीनै जनाको अवस्था अज्ञात रहेको उहाँको भनाई छ । वेपत्ताहरुको खोजी रुकुम पश्चिम र जाजरकोटको टोलीद्धारा भइरहेको छ । भेरी नदीमा पानीको मात्रा अत्यधिक भएकाले खोजी कार्यमा समस्या भइरहेको उहाँले बताउनुभयो । वेपत्ताको नाम थाहा भएपनि खुलाउन नमिल्ने प्रहरीले जनाएको छ ।



