डिभिजन वन कार्यालय , जाजरकोटका प्रमुख शाहमाथी हातपात

जाजरकोट ः डिभिजन वन कार्यालय , जाजरकोटका प्रमुख अमर प्रसाद शाहमाथी हातपात भएको छ । आइतबार दिउसो तीन बजे अज्ञात समुहले प्रमुख शाहमाथी हात पात गरेको इन्जिनियर तेजप्रसाद शर्माले जानकारी दिनुभयो ।
घटना भएको जानकारी आए लगत्तै अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ,जाजरकोटका प्रमुख वसन्त शर्माले राससलाई जानकारी दिनुभयो । अहिले अनुसन्धानको काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

प्रमुख शाह केही दिन अघि मात्र डिभिजन वन कार्यालयको सभाहलमा कार्यक्रम सकेर खाजा खाने समयमा मदिराको पाटी गरेको आरोप लागेको थियो । मदिरा सेवन गरेको भिडियो बिभिन्न सञ्चार माध्यममा प्रकाशित भएको थियो ।
–







