पुल उद्घाटन गर्न हुम्ला जाँदै प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली पुल उद्घाटन गर्न हुम्ला जाने भएका छन् । कर्णाली कोरिडोरअन्तर्गत चुवाखोलामा बनेको बेलिब्रिज उद्घाटन गर्न प्रधानमन्त्री हुम्ला जान लागेको उनको सचिवलायले जनाएको छ ।
खार्पुनाथ गाउँपालिका(५ मा रहेको उक्त पुल उद्धाघटन भएसँगै हुम्ला सदरमुकाम औपचारिक रूपमा राष्ट्रिय सडक सञ्जालमा जोडिनेछ ।









