कर्णालीमा एसईईको नतिजा सुधार ,जाजरकोट पहिलो

यस वर्ष (२०८१) लिइएको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षामा कर्णाली प्रदेशबाट संस्थागत तथा सामुदायिक विद्यालयबाट ३१ हजार सात सय ७३ विद्यार्थी सहभागी भएकोमा १८ हजार ४२ विद्यार्थी माथिल्लो कक्षामा पढ्न पाउने गरी ग्रेडेड भएका छन् । यो गत वर्ष (२०८०ं) को तुलनामा सुधारिएको नतिजा भए पनि सन्तोषजनक भने होइन ।

गत वर्ष ५८ प्रतिशत विद्यार्थी ननग्रेडेड हुँदा यस वर्ष ५६.७८ प्रतिशत विद्यार्थी ग्रेडेड भए । गत वर्षको एसईईमा कर्णालीबाट संस्थागत र सामुदायिक विद्यालयबाट ३३ हजार ६ सय ३४ विद्यार्थी सहभागी भएकोमा ५८.५ प्रतिशत अर्थात् १९ हजार ६ सय ६६ जना विद्यार्थी माथिल्लो कक्षामा पढ्न नपाउने गरी ननग्रेडेड भएका थिए ।

हालै सार्वजनिक भएको यस वर्षको एसईई नतिजा अनुसार १३ हजार सात सय ३१ विद्यार्थी कक्षा ११ मा पढ्न नपाउने गरी ननग्रेडेड भएका छन् । यस वर्षको एसईईमा कर्णालीको नतिजा सुधार हुँदा दैलेख भने पुछारमा परेको छ । सबैभन्दा धेरै विद्यार्थी दैलखमा ननग्रेडेड भएका छन् ।

शिक्षा विकास निर्देशनालय सुर्खेतले उपलब्ध गराएको तथ्यांक अनुसार दैलेखबाट चार हजार सात सय ७५ विद्यार्थीले एसईई दिँदा एक हजार ९३ विद्यार्थीले मात्रै माथिल्लो कक्षामा पढ्न पाउने गरी नम्बर प्राप्त गरेका छन् ।

यस्तै, सुर्खेतबाट सबैभन्दा बढी सात हजार ७१ विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदा तीन हजार एक सय १५ जनाले मात्रै माथिल्लो कक्षामा भर्ना हुन पाउने नम्बर ल्याएका छन् । सल्यानबाट चार हजार ६४ विद्यार्थीले परीक्षा दिँदा दुई हजार ६ सय ७८ जना ग्रेडेड भएका छन् भने कालिकोटबाट तीन हजार एक सय ९५ विद्यार्थीमध्ये एक हजार आठ सय २४ विद्यार्थीले माथिल्लो कक्षामा पढ्न पाउने गरी नम्बर प्राप्त गरेका छन् ।

यस्तै, हुम्लाबाट नौ सय ३६ विद्यार्थीमध्ये चार सय ८३ विद्यार्थी ग्रेडेड भएका छन् । मुगुबाट सात सय ३१ विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदा पाँच सय पाँच जना ग्रेडेड भए । यस्तै, जाजरकोटबाट चार हजार तीन सय विद्यार्थी एसईई परीक्षामा सहभागी भएकोमा तीन हजार पाँच सय ३१ विद्यार्थीले माथिल्लो कक्षामा पढ्न पाउने गरी नम्बर प्राप्त गरेका छन् । यो कर्णलीको पहिलो हो ।

रुकुम पश्चिमबाट दुई हजार पाँच सय ८२ विद्यार्थीले माथिल्लो कक्षमा पढ्न पाउने भएका छन् । रुकुमबाट तीन हजार चार ४५ विद्यार्थी एसईईमा सहभागी भएका थिए । यस्तै, जुम्लाबाट दुई हजार पाँच सय १० विद्यार्थी एसईईमा सहभागी हुँदा एक हजार नौ सय र डोल्पाबाट सात सय ४६ विद्यार्थीमध्ये दुई सय ४७ जनाले माथिल्लो कक्षामा पढ्न पाउने गरी अंक प्राप्त गरेको शिक्षा विकास निर्देशनालयको तथ्यांकले देखाउँछ ।

निर्देशनालयले उपलब्ध गराएको तथ्यांकअनुसार प्रदेशभर ३.६ देखि ४ जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या एक हजार ५१ छ । यस्तै, ३.२ देखि ३.६ जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या चार हजार ६ सय ४४, २.८ देखि ३.२ जीपीए प्राप्त गर्ने सात हजार सात सय ८५, २.४ देखि २।८ जीपीए प्राप्त गर्ने चार सय ४० र दुईदेखि २.४ जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या तीन सय दुई छ ।

यस्तो थियो गत वर्षको नतिजा

गत वर्षको एसईईमा कर्णालीबाट संस्थागत र सामुदायिक विद्यालयबाट ३३ हजार ६ सय ३४ विद्यार्थी सहभागी भएकोमा ५८.५ प्रतिशत अर्थात् १९ हजार ६ सय ६६ जना विद्यार्थी ननग्रेडेड भएका थिए । १३ हजार ९ सय ६८ अर्थात् ४१.५३ प्रतिशत विद्यार्थी मात्रै माथिल्लो कक्षामा पढ्न पाउने गरी अंक ल्याउन सफल भएका थिए । त्यसमा सबैभन्दा धेरै विद्यार्थी दैलेखमा ननग्रेडेड भएको तथ्यांक छ । गत वर्ष दैलेखबाट चार हजार नौ सय १५ विद्यार्थी एसईईमा सहभागी भएकोमा आठ सय २८ जना मात्रै ग्रेडेड भएका थिए भने, चार हजार ८७ विद्यार्थी ननग्रेडेड भएका थिए ।

जाजरकोटबाट कुल चार हजार पाँच सय ७२ परीक्षार्थी रहेकोमा दुई हजार पाँच सय २९ विद्यार्थी ग्रेडेड हुँदा दुई हजार ४३ विद्यार्थी ननग्रेडेड भएका थिए । सुर्खेतबाट सात हजार नौ सय ७९ विद्यार्थी एसईईमा सहभागी रहेकोमा पाँच हजार दुई सय ८७ विद्यार्थी ननग्रेडेड हुँदा दुई हजार ६ सय ९२ जना विद्यार्थी मात्र उत्तीर्ण भएको तथ्यांकले देखाउँछ ।

दुई हजार तीन सय ९३ विद्यार्थी रहेको जुम्लामा एक हजार दुई सय २२ जना ग्रेडेड हुँदा एक हजार ७१ विद्यार्थीले माथिल्लो कक्षामा पढ्न पाउने गरी अंक ल्याउन सकेनन् । यस्तै, तीन हजार पाँच सय १५ विद्यार्थीमध्ये कालीकोटमा एक हजार दुई सय ६६ विद्यार्थी मात्रै माथिल्लो कक्षामा प्रवेश गरेका थिए । कालिकोटमा दुई हजार दुई सय ४९ विद्यार्थी ननग्रेडेड भएका थिए ।

गत वर्ष डोल्पाबाट कुल ६ सय २७ विद्यार्थी इसईईमा सहभागी हुँदा दुई सय ८२ जना पास र तीन सय ४५ जनाले माथिल्लो कक्षामा पढ्न नपाउने गरी अंक ल्याए । यस्तै, मुगुबाट एसईईमा आठ सय ३८ विद्यार्थी सहभागी रहेकोमा तीन सय ५१ जना मात्रै ग्रेडेड भएको तथ्यांक छ ।

गत वर्ष एक हजार ८८ विद्यार्थी रहेको हुम्लाबाट पाँच सय २१ विद्यार्थी पास हुँदा पाँच सय ६७ जना ननग्रेडेड भएका थिए । यस्तै, सल्यानमा चार हजार दुई सय ३७ विद्यार्थी रहेकोमा दुई हजार ६८ विद्यार्थी ग्रेडेड हुँदा दुई हजार एक सय ६९ जना ननग्रेडेड भएका थिए । तीन हजार चार सय ७० विद्यार्थी रहेको सल्यानबाट दुई हजार दुई सय नौ विद्यार्थी ग्रेडेड भएका छन् भने, एक हजार दुई सय ६१ विद्यार्थी माथिल्लो कक्षामा पढ्न नपाउने भएका थिए ।

यस्तै, गत वर्ष सुर्खेतबाट सात हजार नौ सय ७९ परीक्षार्थी एसईईमा सहभागी हुँदा दुई हजार ६ सय ९२ जना उत्तीर्ण र पाँच दुई सय ८७ विद्यार्थी ननग्रेडेड भएका थिए ।





error: Content is protected !!